रासायनिक मलको अभाव छैन

रासायनिक मलको अभाव छैन

वीरगन्ज : लकडाउनका कारण धान, मकै र उखु बालीका लागि रासायनिक मलको अभाव नहुने सरकारले जनाएको छ ।   नेपाल सरकारको पूर्ण स्वामीत्वमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जले तराई, पहाडका गरी १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ । 

कार्यालयका प्रबन्ध निर्देशक गोविन्दप्रसाद पराजुलीले धान, मकै, उखुलगायतका बालीका लागि १६ जिल्लाका किसानलाई चाहिने जति मल, कार्यालयसँग मौज्दात रहेको बताए। उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका गोदाममा युरिया १२ हजार २ सय १ मेट्रिक टन , डिएपी ६ हजार ५ सय मेट्रिक टन र पोटास १ हजार ४ सय मेट्रिक टन मौज्दात रहेको छ । 

खासगरी अहिले चैते धान, मकै र उखुका लागि जति मल चाहिन्छ त्यति मौज्दात छ, उनले भने, 'यो मलले जेठ असार सम्म मज्जाले थेग्छ , त्यसैले लकडाउनले मल बजारमा पाइँदैन भनेर किसान आत्तिनु पर्दैन ।'

चैते धान , मकै र उखु बालीका लागि आवश्यक पर्ने परिमाणको मल लकडाउन शुरु हुनु भन्दा पहिले चैत पहिलो साता भित्रै भारत तथा तेश्रो मुलुकबाट वीरगन्जमा आयात गरिएको उनले बताए । असार साउनमा रोपाइ हुने धान बालीका लागि पनि लक्षित गरेर थप २० हजार मेट्रिक टन डिएपी मल खरिद भएर चीनबाट आइरहेको जानकारी दिँदै उनले भने, '३० हजार मेट्रिक टन युरिया मलको ग्लोबल टेण्डर भइसकेको छ, अहिले खरिद प्रक्रियामा छ।'

कार्यालयको गोदाममा अहिले मौज्दात रहेका मल, वीरगन्जबाट मातहतका १६ जिल्लाका कार्यालयमा पठाइरहेको  उनले जानकारी दिए। पराजुलीका अनुसार गत चैत महिनामा, वीरगन्जको प्रादेशीक कार्यालयबाट १६ जिल्लामा युरिया ३ हजार १ सय ४४ मेट्रिक टन , डिएपी १ हजार १ सय ६५ मेट्रिक टन र पोटास ५५ मेट्रिक टन पठाइ सकिएको छ ।

वीरगन्जस्थित कार्यालयका गोदाममा आइपुगेका मल, गाडीमा हालेर सम्बन्धित जिल्लामा पठाउन केही असहज भने रहेको पराजुलीले बताए । लकडाउनका कारण ढुवानीका लागि प्रायाप्त गाडी पाइएको छैन, उनले भने, 'गोदामबाट गाडीमा मल लोड गर्ने मजदुरहरु गाउँबाट निर्वाध रुपमा आउन पाइरहेका छैनन् , त्यसका बाबजदु पनि हामीले सकेको जति काम गरिरहेका छौं।'

वीरगन्जको कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले भारत तथा तेश्रो मुलुकबाट नेपाल सरकारले आयात गरेको अनुदानको मल बारा,काठमाडौं ,काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहु, नवलपरासी, रौतहट, पर्वत, सर्लाही, धनुषा,महोत्तरी, नुवाकोट , कास्की गरी १६ जिल्लामा आपूर्ति गर्दै आएको छ ।

सरकारले भारत तथा तेश्रो मुलुक (चीन,दुबइ, सिंगापुर र जापान) बाट आयात गरेको मल कृषि सामग्री कम्पनी लिमिटेडले भारतीय रेल मार्ग प्रयोग गरेको वीरगन्जमा रहेको सिर्सिया सुख्खा बन्दरगाहा नाकाबाट नेपाल भित्रयाउने गरेको छ। 

रेलबाट सुख्खा बन्दरगाहामा आइपुगेको रासायनिक मल त्यहाँबाट ट्रकमा लोड गरेर वीरगन्जको श्रीपुरमा रहेको कृषि सामाग्री कम्पनि लिमिटेडको गोदाममा भण्डारण गरेपछि मात्रै त्यहाँबाट मातहतका १६ जिल्लामा पठाइने गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.