डडेल्धुरामा एक जनाको र्यापिड टेस्ट पोजिटिभ
डडेल्धुरा : भारतबाट आएका डडेल्धुराका एक युवकको र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) पोजेटिभ आएको छ। डडेल्धुरा अस्पतालमा र्यापिड टेस्ट विधिमार्फत परीक्षण गर्दा ती युवकमा पोजेटिभ देखाएको हो।
उनको आरडीटी रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रले पुष्टि गरेको छ। यद्यपि उनको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ।
जिल्लाको आलिताल गाउँपालिका–२ का २५ वर्षीय ती युवकको गत चैत ३० गते डडेल्धुरा अस्पतालले र्यापिड टेस्ट गरेको थियो। डडेल्धुरा अस्पताल स्रोतका अनुसार आरडीटी रिपोर्ट पोजिटिभ आएपछि उनको थ्रोट स्वाबको नमुना संकलन गरेर बैशाख १ गते धनगढीमा रहेको कोरोना प्रयोगशाला पठाएको थियो। पिसिआरमा नेगेटिभ आएपछि उनलाई होम क्वारेनटाइनमा बस्ने अस्पतालले घर पठाइसकेको छ।
उनीहरुसँग सम्पर्कमा आएका मानिसको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्ट्रोलर सुपरभाइजर एंव कोभिड-१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।
ती युवकको सम्पर्कमा आएका व्यक्तिहरूको विवरण संकलन भइरहेको छ। भारतको बैंग्लौरबाट फर्किएका उनी कैलालीको गौरीफन्टाबाट आएका ९ सय ९९ मध्येका एक हुन्।
प्रतिक्रिया दिनुहोस !