पर्साको मौजेटोलमा दुई पक्षबीच झडप, ८ जना घाइते

पर्साको मौजेटोलमा दुई पक्षबीच झडप, ८ जना घाइते

वीरगन्ज : पर्साको बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा शनिबार बेलुकी दुई पक्षबीच झडप भएको छ ।  मौजेटोलमा देवान र कलवार पक्षबीच भएको झडपमा दुवै पक्षका गरी ८ जना भन्दाबढी घाइते भएका छन् ।

 घाइते हुनेहरुमा देवान पक्षका फैयाद देवान, फतिमा खातुन, मखमुल राय भाट र बडिया राय भाट तथा कलवार पक्षका चन्दन गुप्ता कलवार, सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी छन्। घाइतेहरुको वीरगन्जस्थित नेशनल मेकिडल कलेज र गण्डक हस्पिटलमा उपचार भइरहेको छ ।

वडासदस्य फकरुद्धिन देवानका अनुसार, मौजेटोलमा रहेको मस्जिदमा शनिबार बेलुकी केही व्यक्तिले ढुङगा, इँटा प्रहार गरेपछि त्यही विषयलाई लिएर झडप भएको हो । 

४/५ जना उच्छृङ्खल व्यक्तिले मस्जिदमा बाहिरका जमाती ल्याएर राखिएको भन्दै ढुङगा, इँटा हान्न थालेपछि मस्जिद छेउकै स्थानीयले प्रतिवाद गर्दा झडप हुन पुगेको वडा सदस्य देवानले बताए । 

झडपमा घाइते भइ नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका चन्दन गुप्ताले भने मस्जिदमा केहिदिन देखि बस्दै आएका बाहिरका जमातीलाई नराखौ भनेर आफूहरु जाँदा ढुङगाले हान्न थालिएपछि झडप भएको दाबी गरेका छन् । 

 झडपमा घाइते भएकाहरु ।   तस्बिर : क्रान्ति शाह

झडपको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा आएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको वडा सदस्य देवानले बताए ।  
 प्रहरीले झडपमा संलग्न रहेको आरोपमा स्थानीय राजु गुप्ता र नसुरलाह मियाँलाई नियन्त्रणमा लिएको छ । ‘दुई जनालाइ नियन्त्रणमा लिएका छाँै, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भनिन् , ‘तर झडप किन भयो यस विषयमा दुवै पक्षले बोल्न मानिरहेका छैनन्।’ यस विषयमा अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन्।

वडा अध्यक्ष रवि गुप्ताले गाँउमा समाजिक सदभाव बिथोल्ने नियत राखेका केही व्यक्तिका कारण दुःखद् घटना हुन पुगेको बताए। ‘मस्जिदमा बाहिरका कोहि पनि छैनन्, हामीले पहिल्यै प्रहरी बोलाएर मस्जिदमा खानतलासी पहिले नै गराइ सकेका थियौँ’ उनले भने, ‘तर सामाजिक सद्भाव बिथोल्ने कुनियत राखेकाहरुका कारण घटना हुन पुग्यो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.