वीरगन्जमा एक युवाको शव फेला
वीरगन्ज : वीरगन्जमा एक युवकको विभत्स तरिकाले हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको हत्या गरी फालिएको अवस्थामा सोमबार विहान शव फेला परेको हो ।
सिर्सिया सुख्खा बन्दरगाहाको पुर्वपट्टि रहेको मौजेसिर्सिया टोलमै पर्ने टाउन प्लानिङको प्लटिङमा पटेलको शव फेला परेको हो । सोमबार बिहान शौच गर्न निस्किएका स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक पटेलको मुख, हात र खुट्टामा गम्भीर चोट लागेको छ भने उनको घाँटी समेत कपडाले कस्सिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । पटेलको कसैले हत्या गरी शव फालेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
मृतक पटेलका बुबा मनोज पटेलका अनुसार आइतबार राती खाना खाएपछि पटेल जलजीरा (पाचक) किन्न भनेर घरबाट निस्किएका थिए । घर नफर्किएका पटेल सोमबार बिहान प्लटिङमा मृत अवस्थामा फेला परेको बुवा मनोजले बताए ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाइ पटेलको शव पोष्टमार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !