सप्तरीको धार्मिक सभामा सहभागी ६ जनाको कोरोना रिपोर्ट 'निगेटिभ'
धनगढी : धनगढीको रंगशालामा रहेको क्वारेन्टाइनमा राखिएका ६ जना मुस्लिम जमातीको कोरोना रिपोर्ट 'नेगेटिभ' आएको छ । सातजना मुस्लिम जमातीलाई कैलालीको विभिन्न ठाउँबाट प्रहरीले समातेर थ्रोट स्वाब संकलन गरी परीक्षण गरिएको हो ।
एकजनाको रिपोर्ट भने आउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । सातैजना सप्तरीको धार्मीक सभामा सहभागी भएका आधारमा स्वाब परीक्षण गरेको थियो। प्रहरीले धनगढी उपमहानगरपालिका १ पशुपति टोलबाट ३ जना, अत्तरियाबाट दुई, धनगढीको चटकपुर र चौराहाबाट १÷१ जनालाई समातेको थियो ।
मुस्लिम जमातीमा कोरोनाको संक्रमण देखिएपछि प्रहरीले उनीहरुको खोजी थालेको छ । दिल्लीमा भएको धार्मिक सभामा लकडाउनका कारण सहभागी हुन नपाएका उनीहरु सप्तरीमा भएको सभामा सहभागी भएका थिए ।
सुदूरपश्चिममा हालसम्म ५ जनाको कोरोना संक्रमण भएको पुष्टि भएको हो । ५ जनामा एकजना सन्चो भएर घर फर्कि सकेका छन् । अन्यको सेती प्रोदेशिक अस्पातालमा उपचार भइरहेको छ । ४ जनाको अवस्था सामान्य रहेका अस्पातलले जनाएको छ ।
सु्दूरपश्चिमका अधिकांश बेरोजगार युवा भारत जाने भएकाले यहाँ कोरोनाको उच्च जाखिम रहेको चिकित्सककाले औंल्याएका छन्। नेपाल र भारतमा लकडाउनअघि सीमाबाट हुलका हुल भित्रिएपछि धेरैले सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको बताएका हुन् ।