नेपाल सरकारलाई १२ सय पीपीई हस्तान्तरण

नेपाल सरकारलाई १२ सय पीपीई हस्तान्तरण

काठमाडौं : संयुक्त राष्ट्र जनसङ्ख्या कोष (यूएनएफपीए)ले  नेपाल सरकारलाई १२ सय पीपीई किट्स हस्तान्तरण गरेको छ । नेपाल, चीन र यूएनएफपीएबीचको साझेदारी पहल अन्तर्गत चीन सरकारबाट उपलब्ध किट्सहरु प्रदान गरिएको हो ।

तीन करोड ४ लाख ८० हजार रुपैयाँ बराबरको पीपीई किट्समा सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आइ गगल्स्, हेड कभर्स, शुकभर्स, लङ स्लिभ्इम्पर्भियस गाउन, डिस्पोजेबल ब्यागर गम्बुट्स रहेका छन् । 

पीपीई किट्सहरु ग्रहण गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले भने, 'यी किट्सहरु सही सयममा आइपुगेका छन् ।' यसले कोभिड–१९ को महामारीविरुद्धको लडाइँमा महत्वपूर्ण र ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोग गरेकोमा यूएनएफपीए र चीन सरकारलाई धन्यवाद छ ।

'नेपालमा काम गरिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अन्य राष्ट्रसंघीय निकायहरूसँगै रहेर यस महामारीको पूर्वतयारी र प्रतिकार्यमा नेपाल सरकारलाई सहयोग गर्न यूएनएफपीए तयार छ,' नेपालका लागि यूएनएफपीएका देशीय प्रतिनिधि लुब्ना बाकीले भने । 

यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवनरक्षाका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ । 

यस्तैपीपीई किट्सको अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड–१९ कोे महामारीमा क्वारेन्टाइनमा बसेका महिला र किशोरीहरूको तत्काल सरसफाई र सुरक्षाका आवश्यकताहरू सम्बन्धी मर्यादा किट (डिग्निटी किट्स) प्रदान गरिरहेको छ ।

यी किट्समा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग गर्न मिल्ने महिनावारी प्याड, र महिला तथा किशोरीहरुका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.