लकडाउनमा डोल्पाली विद्यार्थीलाई पाँच हजारका दरले पैसा पठाउँदै

लकडाउनमा डोल्पाली विद्यार्थीलाई पाँच हजारका दरले पैसा पठाउँदै

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिकाले नगद रकम पठाउने भएका छन्। कोरोना भाइरसका कारण जिल्ला बाहिर रहेका आफना नागरिक र विद्यार्थीको खातामा नगद रुपैयाँ पठाउन लागेका छन्। त्रिपूरा सुन्दरी नगरपालिकाको नगर कार्यपालिकाको बैठकले जिल्ला बाहिर रहेका प्रत्येक विद्यार्थीको खातामा पाँच हजारका दरले पैसा पठाउने निर्णय गरेको हो।

त्यसैगरि मुड्केचुला गाउँपालिकाले पनि सार्वजनिक सूचनाका साथै गाउँ कार्यपालिकाको निर्णयबाट दुई हजारबाट बढाएर पाँच हजार नगद विद्यार्थीको खातामा पठाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। 'विद्यार्थी भनेका भविश्यका कर्णधार हुन्। अप्ठयारो परिस्थितिमा सहयोग गर्नु स्थानीय सरकारको कर्तव्य हो। त्यसैले पनि नेपालगञ्ज, काठमाडौं, सुर्खेत, पोखरालगायतका जिल्लामा रहेका प्रत्येक विद्यार्थीका लागि पाँच हजारका दरले पैसा पठाउने निर्णय गरेका छौं' उपप्रमुख चन्द्राकुमारी बुढाले बताइन्।

'सम्बन्धित वडा कार्यालयको सिफारिस र परिचयपत्रका अधारमा बैंक खाता भएका विद्यार्थीलाई जहाँ छन्' उनले भने 'त्यही पैसा पठाउने र बैंक खाता नभएका विद्यार्थीको हकमा उनका अभिभावकमार्फत पठाउन लगाउने निर्णय गरेका हौं।' जिल्ला बाहिरका सम्बन्धित वडा कार्यालयमार्फत लगत संकलन गर्न लगाइसकेको नगरपालिकाले जनाएको छ। सरदर त्रिपूरासुन्दरीका २ सय नागरिक बाहिर रहेको अनुमान गरिएको छ भने मुड्केचुलाका पनि त्यति नै रहेको अनुमान अध्यक्ष शाहीले जानकारी दिए।

'अहिले एक महिना पुग्ने गरि पाँच हजार पठाएका छौं। त्यसपछि अझै लकडाउन लम्बियो र थप समस्या पर्‍यो भने फेरी पनि पाँच हजार पठाउने नगरपालिकाको निर्णय छ। त्यतिमात्र नभई घर आउन चाहाने विद्यार्थीलाई पनि ल्याउँछौ। नेपालगञ्ज र सुर्खेतबाट घर फर्कन चाहनेका लागि दुई हजार र त्यो बाहेकका अन्यत्र जिल्लाबाट घर फर्कन चाहने विद्यार्थीका लागि तीन हजार हाल्ने समेत निर्णय भएको' प्रमुख प्रशासकिय अधिकृत पृथिभक्त गिरीले भने।

डोल्पा जिल्लाका अन्य स्थानीय तहरुले भने गाउँ ल्याउने भएका छन्। काईके गाउँपालिकाका १३०, शे फोक्सुण्डोका १५९, जगदुल्लाका ४० र ठुलीभेरी नगरपालिकाका ३०० विद्यार्थीहरु, कर्मचारी र अन्य नागरिक जिल्लामा आउने भएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.