राहत नपाएका पीडित र प्रहरीबीच झडप, पत्रकारसहित ८ घाइते

राहत नपाएका पीडित र प्रहरीबीच झडप, पत्रकारसहित ८ घाइते

वीरगन्ज : पर्साको जिराभवानी गाउँपालिकामा राहत वितरणको विषयमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। बुधबार दिउँसो राहत वितरणमा ढिला भएपछि आक्रोशमासेढवास्थित गाउँपालिका कार्यालय घेराउ गर्न करिब ३ सयको संख्यामा दलित, विपन्न वर्गका महिला बालबालिका र पुरुषहरु गाँउपालिका कार्यालयमा पुगेका थिए।  त्यही क्रममा सशस्त्र प्रहरीले भिड हटाउन लाठी चार्ज गर्न थालेपछि स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको हो।

झडपमा क्रममा एक सञ्चारकर्मीसहित स्थानीय गरि ८ जना घाइते भएका छन्। झडपका क्रममा स्थानीयले प्रहार गरेको ढुंगाले लागेर नारायणी एफएमका संवाददाता कृष्ण मोहन साह घाइते भएका हुन्। साहको टाउको फुटेको छ। उनीसहित सबै घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ। लकडाउनको १ महिना पुगि सक्दा पनि जीराभवानी गाउँपालिकाले कुनै पनि वडामा राहत वितरण गरेको छैन्।

लकडाउनको १ महिना बितिसक्दा पनि राहत वितरणमा नभएपछि कार्यालयमा पुगेका स्थानीयले आक्रोशमा आएर ढुंगामुढा गर्न थालेपछि सशस्त्र प्रहरीले रोक्दा झडप भएको गाउँपालिका उपाध्यक्ष उषा देवी थरुनीले अन्‍नपूर्ण अनलाइनलाई जानकारी दिइन्। लकडाउनका कारणले प्रभावितका लागि राहत वितरणका लागि प्रदेश सरकारले गाउँपालिकामा १० लाख रुपैयाँ पठाएको छ। 

तर प्रदेश सरकारबाट आएको १० लाख रुपैयाले अपुग भएपछि रकम थप गर्ने विषयमा प्रकृयामा लाग्दा राहत वितरणमा ढिला हुन पुगेको उपाध्यक्ष थरुनीले बताइन्। '१ महिना बित्न लाग्दा पनि राहत नपाउँदा जनतामा आक्रोश देखिनु स्वभाविक हो' , उनले भनिन् 'राहतमा वितरणका सबै सामान खरिद भइसकेको छ। वीरगन्जबाट सामानसहित हिँडेको गाडी बाटोमै रहदा गाउँपालिकामा दुखद घटना भयो।' बुधबार साँझसम्म राहतका सबै सामान  आइ पुग्ने र बिहिबार देखि सबै वडामा राहत वितरण गरिने उनले बताइन्।

वडा नम्बर २ का वडा अध्यक्ष महादेव महत्तो थारुले राहत वितरणका लागि कार्यालयमा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुबीच छलफल भइरहेका बेला आक्रोशित स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बन्न पुगेको बताए। स्थानीयले भने एक महिनादेखि राहत वितरण नगरेपछि त्यसबारे जवाफ माग्न बुधबार गाउँपालिकामा जाँदा गाउँपालिका अध्यक्ष रामप्रित महत्तोलगायतकाले जनप्रतिनिधिले प्रहरी लगाएर कुटेको आरोप लगाएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.