क्वारेन्टाइन व्यवस्थापनका सामग्री हस्तान्तरण

क्वारेन्टाइन व्यवस्थापनका सामग्री हस्तान्तरण

डोटी : अहिले विश्व कोरोना भाइरस (कोभिड-१९) को महामारीले आक्रान्त बनिरहेको छ । कोरोना भाइरस (कोभिड-१९) ले नेपालमा समेत महामारीको रुप लिइरहेका बेला देश लकडाउनको अवस्थामा गुज्रिरहेको छ । देश बाहिर अथवा जिल्ला बाहिरबाट घर फर्केका व्यक्तिलाई अनिवार्य तीन हप्ताको लागि क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरिएको छ।

कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रण गर्न अहिले सबै पक्ष एक भएर सहयोगमा लागि रहेका बेला डोटीमा समेत क्वारेन्टाइन व्यवस्थापनको लागि विभिन्न सामग्रीको सहयोग भइरहेका छन् । 

क्वारेन्टाइन व्यवस्थापनको लागि बिहीबार जिल्ला विपद् व्यवस्थापन समितिलाई करिब पाँच लाख बराबरको विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । जिल्लामा कार्यरत एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था वल्र्ड भिजन इन्टरनेसनलले प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेललाई एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरेको हो । संस्थाका प्रतिनिधि गाङ्गी बलायरले जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रजिअ पौडेललाई सामग्री हस्तान्तरण गर्दै आवश्यक परे फेरी पनि सहयोग गर्न सकिने बताए।

सामग्री लिंदै प्रजिअ पौडेलले भने, 'आवश्यकता अनुसार सामग्रीको सही प्रयोग हुने र सहयोगको लागि धन्यवाद व्यक्त गर्दछु ।' हस्तान्तरण गरिएका सामग्रीमा त्रिपाल, ब्लाङ्केट, झुल, पि-फम, बाल्टीनलगायतका रहेका छन्।

२१ दिन क्वारेन्टाइनमा राखिने

डोटी जिल्लाले जिल्ला भन्दा बाहिरबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।जिल्लाका आम नागरिकलाईकोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सुरक्षित राख्न त्यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिए ।

जिल्ला बाहिरबाट आउने जो कोहीलाई सम्बन्धीत स्थानीय तहले एक स्थानमा सम्पूर्ण व्यवस्थापन गर्ने गरेर अनिवार्य रुपमा २१ दिन क्वारेन्टाइनमा राख्ने र र्‍यापीड डाइग्नोष्टिक टेस्ट (आरडिटी) जाँचपछि रिपोर्टको आधारमा मात्र घर फर्काउन जिल्लास्थित सम्बन्धीत सबै निकाय स्थानीय तहलाई जानकारी गराइसकेको समेत प्रजिअ पौडेलले बताए ।

बडीकेदार गाउँपालिकाले स्थापना गरेको ज्योतिपुञ्ज बहुमुखी क्याम्पस बिपीनगरमा १२ जना काठमाडौंबाट र ४ जना कैलालीबाट आएकालाई क्वारेन्टाइनमा राखेको छ भने जिल्लाका अन्य स्थानीय तहले तयार गरेका क्वारेन्टाइन हाल खाली रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.