१४ वर्षीय बालकमा कोरोना संक्रमण भेटिएपछि सर्लाहीको हरकठवा टोल सिल

१४ वर्षीय बालकमा कोरोना संक्रमण भेटिएपछि सर्लाहीको हरकठवा टोल सिल

मलंगवा : सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठवाको १४ वर्षीय बालकमा कोरोना भाइरसको पीसीआर टेस्ट पोजेटिभ देखिएपछि टोल सिल गरिएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंबाट पीसीआर टेस्ट पोजेटिभ आएपछि टोल सिल गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिएका छन् । 

बैशाख ५ गते र्‍यापीड डायग्नोष्टिक टेष्ट (आरडीटी) पोजेटिभ देखिएका बालकलाई थप स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । जनकपुरबाट पीसीआर टेस्ट निगेटिभ आएपछि बालकलाई घर पठाइएको थियो । तर, बिहीबार दिउँसो काठमाडौंबाट पीसीआर टेस्ट पोजेटिभ आएपछि टोल सिल गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

प्रादेशिक अस्पतालमा दुईपटक गरिएको पीसीआर रिपोर्ट नेगेटिभ देखिएपछि घर फिर्ता गरिएको थियो । किशोरसँगै क्वारेन्टाइनमा बसेका अन्य एकजनालाई पनि पीसीआर टेस्टका लागि जनकपुर लगिएको थियो । दुबैको रिपोर्ट निगेटिभ आएको थियो । 

आइतबार किशोरसँगै दुवैजनाको रिपोर्ट नेगेटिभ आएपनि बिहीबार भने काठमाडौंको टेकु अस्पतालबाट किशोरको पोजेटिभ रिपोर्ट भन्ने खबर आएको हो । काठमाडौंबाट ४ दिनपछि पुनः पोजेटिभ भनेर आउँदा अचम्म लागेको प्रहरी उपरीक्षक पोखरेलले बताए । 

टेकुबाट पोजेटिभ रिपोर्ट देखिएका किशोरलाई बुधबार साँझ मात्र क्वारेन्टाइनबाट घर फिर्ता गरिएको थियो । तर, घरमा पनि उनलाई छुट्टै कोठामा राखिएको थियो । 'अहिले टोललाई सिल गरिएको छ, प्रहरी उपरीक्षक पोखरेलले भने, 'बालकलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पठाएका छौं ।' घरका अन्य ५ जना सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । 

ती किशोर गत चैत २३ गते भारतको दिल्लीबाट आएका थिए । दिल्लीको झोला कारखानामा काम गर्ने उनी रौतहटको गौरबाट नेपाल छिरेर बागमती नदी तर्दै घर आउँदै गरेको सूचना गाउँलेले दिएपछि प्रहरीले बाटैबाट नियन्त्रणमा लिएर गाउँपालिका कार्यालयले स्थापना गरेको क्वारेन्टाइनमा राखेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.