डोटीमा एक महिलाको हत्या

डोटीमा एक महिलाको हत्या

डोटी : डोटीको शिखर नगरपालिका वडा नम्बर ८ गोपघाटमा एक महिलाको हत्या गरिएको छ । शुक्रबार बिहान करिब ४ बजेतिर अन्दाजी २८ वर्षीया राजु दमाईको धारिलो घरेलु हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

राजुका श्रीमान् कृष्ण दमाईले हत्या गरेको आशङ्कामा उनलाई प्रहरी नियन्त्रणमा राखिएको छ । मृतक राजु र उनका श्रीमानसँगै सुतिरहेको अवस्थामा उनको हत्या भएको भए पनि श्रीमान कृष्ण आफू ट्वाइलेट गएको अवस्थामा श्रीमतिको हत्या अर्कैले गरेको प्रारम्भिक बयानमा बताइरहेको प्रहरीले जनाएको छ ।

उनको घाँटी र टाउकोमा गहिरो चोट लागेको छ । उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएको र अस्पताल पुर्‍याएको केहि बेरमै राजुको मृत्यु भएको तिलताली प्रहरी चौकीका इन्चार्ज सई नरेन्द्र टमटाले बताए । डडेल्धुरा अस्पतालमै पोष्टमार्टम गरेर हिजो नै लास घरमा ल्याएको भए पनि मृतकका माइती पक्षले आजसम्म लास उठाउन दिएका छैनन् ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर कर्णबहादुर बोहराले बताए । ‘आशङ्कामा उनका श्रीमानलाई नियन्त्रणमा लिइएको भए पनि जाहेरी आइ नसकेको र अनुसन्धानसमेत भइरहेका कारण कसले हत्या गरेको हो भन्न सकिन्न’, बोहराले भने, ‘पोष्टमार्टमको रिपोर्टसमेत हामी कहाँ आइपुगेको छैन ।’

मृतकका दुई छोरा र एक छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.