के छ त्रिविको अनलाइन कक्षा निर्देशिकामा ?

के छ त्रिविको अनलाइन कक्षा निर्देशिकामा ?

काठमाडौं : कोरोना (कोभिड १९) भाइरसको संक्रमण त्रासका कारण नियमितरुपमा कक्षामै उपस्थित भएर पढाइ सञ्चालन गर्न नसकिने भएपछि त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत पढाउने भएको छ । 

अनलाइनमार्फत शैक्षिक गतिविधि सञ्चालन गर्न उसले निर्देशिका समेत जारी गरेको छ । त्रिविले जारी गरेको निर्देशिकामा अनलाइन माध्यमबाट कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन तथा निर्देशिका विपरित जाने शिक्षक कर्मचारीलाई कारवाहीको समेत व्यवस्था छ । 

जसअनुसार अनलाइन कक्षा चलाउने हरेक विभाग, स्कुल तथा क्याम्पसले दु्त गतिमा चल्ने इन्टरनेट, फोन, ल्यापटपको व्यवस्था गर्नुपर्नेछ । यस्तो सुविधाको पहुँच भएका शिक्षक तथा विद्यार्थीको अवस्थ कस्तो छ भन्ने विषयमा एक साताभित्रमा तथ्यांक संकलन गर्ने तथा उनीहरुलाई के कस्तो तालिम तथा सहयोगको आवश्यकता पर्छ लगायतको विषयमा तयारी गर्नुपर्ने निर्देशिकामा छ । यसको व्यवस्थापन सम्बन्धित विभाग, स्कुल तथा क्याम्पसले गर्नुपर्ने निर्देशिकामा छ । 

आवश्यक तयारीपछि सम्बन्धित विभाग, स्कुल तथा क्याम्पसको निर्देशन र नियन्त्रणमा रहनेगरी पढाइ सञ्चालन हुनेछ । यसरी सञ्चालन गरिएको कक्षालाई नियमित पाठ्यभार सरह गणना गरिने त्रिविले जनाएको छ । पढाइ प्रभावकारी बनाउन हरेक कक्षामा एकजना विद्यार्थी प्रतिनिधि तोकिने, हरेक शिक्षक तथा विद्यार्थीले अनलाइनमार्फत हाजिरीको रेकर्ड राख्नुपर्ने छ ।
विश्वविद्यालयको पूर्णकालित शिक्षकले सम्बन्धित विभाग, स्कुल तथा क्याम्पस बाहेक अन्यत्र हुने अनलाइन कक्षामा सहभागी भएर पढाउने पाउने छैन । यदि पढाएको पाइएमा कारवाही गरिने त्रिविले जनाएको छ । 

निर्देशिकामा नै जारी गरेर त्रिविले अनलाइनमार्फत पढाइ सञ्चालन गर्ने तयारी गरेपनि यो सबै विद्यार्थीको पहुँचमा नरहेको भन्दै विद्यार्थीले नै गुनासो गरेका छन् । त्रिवि अन्तर्गतकै केही क्याम्पसले स्वतस्फूर्त रुपमा यसअघि नै अनलाइनमार्फत पढाइ सञ्चालन गरिरहेका छन् । तर यस्तो पढाइमा मुस्किलले पचास प्रतिशत मात्र विद्यार्थी सहभागी हुने गरेको पब्लिक युथ क्याम्पसका प्रमुल बलराम थापाले जानकारी दिए । यो क्याम्पसले दुई साताअघिदेखि नै अनलाइनमार्फत पढाइ सञ्चालन गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.