निजी स्कुलले सुरु गरे अनलाइनबाटै नतिजा प्रकाशन

निजी स्कुलले सुरु गरे अनलाइनबाटै नतिजा प्रकाशन

काठमाडौं : निजी स्कुल सञ्‍चालकले गत चैतमा सञ्‍चलन गरेको विद्यालय तहको परीक्षाको नतिजा अनलाइनबाट प्रकाशन सुरु गरेका छन् । कोरोना भाइरसको संक्रमण त्रासका कारण गरिएको मुलुकव्यापी लकडाउनले विद्यालय खुल्न नसकेपछि अनलाइनबाटै नतिजा प्रकाशन सुरु गरिएको उनीहरुले जनाएका छन् ।

कक्षा एकदेखि ९ सम्मको परीक्षा चैत पहिलो साता सम्पन्न भएको थियो । परीक्षा सम्पन्न भएर उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनको तयारी गर्दैगर्दा सरकारले चैत ११ गतेबाट मुलुकभर लकडाउन गरेपछि काम रोकिएको थियो । 

लकडाउनको अवधिमा घरैमा बसेर उत्तरपुस्तिका परीक्षणलगायतका अन्य प्राविधिक काम गरेपनि नतिजा प्रकाशन गरिएको लिटिल एन्जल्स स्कुलका प्राचार्य मुकुन्द शर्माले बताए । उनले भने, 'लकडाउनको अवधिमा पनि सम्पन्न गर्न सक्ने जति काम गरेका छौं । विद्यार्थी र अभिभावकसँग सम्पर्क पनि भइरहेको छ ।'

नतिजा प्रकाशन गरेर सम्बन्धित विद्यालयले विद्यार्थीको विवरण वेभसाइटमा राखेका छन् । साथै उनीहरुले अभिभावकलाई एसएमएस तथा टेलिफोनबाट नतिजाबारे जानकारी गराएका छन् । अधिकांश विद्यालयले नतिजा प्रकाशन गरिसकेका छन् । नतिजा प्रकाशनसँगै केही विद्यालयले भने अनलाइनबाट पठनपाठनको तयारी गरिरहेका छन् । केहीले भने सुरु गरिसकेको नीजि विद्यालय सञ्चालकको संस्था प्याब्सनले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.