काठमाडौंमा अलपत्र परेका नागरिक धनकुटामा

काठमाडौंमा अलपत्र परेका नागरिक धनकुटामा

धनकुटा : लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका १ सय ४ जना धनकुटेलीलाई उद्धार गरेर जिल्ला ल्याइएको छ। धनकुटा नगरपालिकाको व्यवस्थापन तथा धनकुटाऔ-काठमडौं कोरोना विपद् सहयोग समितिको समन्वयमा उनीहरुलाई दुई बसमा राखेर जिल्ला ल्याइएको हो। 

सोमबार सँझ काठमाडौंबाट हिँडेको वस मंगलबार धनकुटा आइपुगेको थियो। उनीहरुलाई भेडेटारस्थित हेल्थ डेस्समा स्वास्थ्य परीक्षण समेत गरिएको थियो। 

प्रदेशसभा सदस्या निरनकुमार राई, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, उपप्रमुख सकुन्तला बस्नेत, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापालगायतको टोली उनीहरुलाई स्वागत गर्न बसपार्क पुगेका थिए। 

काठमाडौंमा लगत संकलन गरेर पठाउने काम धनकुटा–काठमाडौं कोरोना विपद् सहयोग समितिका संयोजक तथा संविधानसभा सदस्य हेमराज भण्डारी नेतृत्वले गरिरहेको छ। 

सबैलाई होम क्वारेन्टाइनमा राखिने 
काठमाडौंबाट उद्धार गरेर ल्याइएका सबै व्यक्तिलाई होम क्वारेन्टाइनमा राखिने भएको छ। धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङका अनुसार हरेक वडा तहमा गठित कोभिड नियन्त्रण समिति र स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखिने छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.