क्वारेन्टाइनमा बसेका ४८ जना घर फर्किए

क्वारेन्टाइनमा बसेका ४८ जना घर फर्किए

मलंगवा :  भारतको उत्तरप्रदेशको कानपुरबाट सर्लाहीको चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४८ जनालाई घर पठाइएको छ । चन्द्रनगर गाउँपालिका-६, स्थित कामत माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका ४८ जनालाई घर पठाइएको प्रमुख प्रशासकिय अधिकृत अशोक साहले जानकारी दिएका छन् । 

दुई देशको कडा लकडाउन छिचोल्दै भारतको कानपुरबाट लुकिछिपी उनीहरु घर आएका थिए । चैत्र २७, २८, २९ र बैशाख २ गते उनीहरु भारतबाट आफ्नो गाउँपालिकामा आएको थियो।

१४ दिन पूरा भएको तथा सबैको स्वाबको पीसीआर रिपोर्ट समेत नेगेटिभ आएकाले केही खाद्यान्न समेत दिएर घर पठाइएको हो । अहिले पनि २७ जनालाई क्वारेन्टाइनमा राखेका छौं । '२५ जनालाई वडा नं. २ स्थित दुर्गा खोभारी जनता माध्यमिक विद्यालयमा राखेका छौं, अधिकृत साहले भने, 'कामतमा रहेको क्वारेन्टाइनमा बसेका २ जनालाई १४ दिन पूरा नभएकाले उनीहरुलाई पनि दुर्गा खोभारीमा नै ल्याएर राखिएको छ ।'

भारतीय सुरक्षाकर्मीले आफ्नो क्वारेन्टाइनमा राखेका १२३ जना नेपालीलाई कनौली नाकास्थित लखन्देही खोला नजिक सीमा क्षेत्रमा ल्याएर छाडेका मध्ये लुकेर गाउँ आएकालाई दुर्गा खोभारीको क्वारेन्टाइनमा राखिएको हो । 

उनीहरुको समेत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाले १४ दिन राखेर घर पठाइने अधिकृत साहले बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.