लकडाउनमा भारतबाट मोटरसाइकलमा आएका हुण्डी कारोबारी पक्राउ

लकडाउनमा भारतबाट मोटरसाइकलमा आएका हुण्डी कारोबारी पक्राउ

वीरगन्ज : लकडाउनमा नाका बन्द रहेको भएपनि प्रहरीले भने मुख्य नाका वीरगन्ज रौक्सल नाकाहुँदै भारतबाट मोटरसाइकलमा हुण्डीको रकम लिएर आएको भन्दै एकजनालाई पक्राउ गरेको छ । 

लकडाउन सुरु भएदेखि नै नेपाल भारत दुवै देशको नाका सिल गरी आवागमन ठप्प पारेको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीको २४ सै घण्टा पहरा छ ।  तर, प्रहरीले भने बुधबार रक्सौलबाट हुण्डीको रकम लिएर मोटरसाइकलमा प्रवेश गरेका वीरगन्ज १६ इनर्वाका २९ वर्षीय लालबाबु कुमार यादवलाइ पक्राउ गरिएको जनाएको छ । 

रक्सौलबाट वीरगन्ज भन्सार नाकाहुँदै ना ६२ प ९५७१ नंबरको मोटरसाइकलमा आएका यादवलाई वीरगन्जको रजत जयन्ती चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यादवको साथबाट हुण्डीको ११ लाख ५० हजार रुपैयाँ बरामद पनि भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । रक्सौलबाट आउँदै गरेको मोटरसाइकल बुधबार दिउँसो रजतजयन्ती चोकमा रोकेर चेकजाँच गर्दा यादवले बोकेको झोला भित्र रहेको श्रोत खुल्न नसकेको ११ लाख ५० हजार रुपैयाँ बरामद भएको उनले बताए ।
 
हुण्डीको रकमसहित पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । लकडाउनमा नाकामा दुवै देशका सुरक्षाकर्मीले २४ सै घण्टा पहरा दिइरहेको अवस्थामा रक्सौलबाट दिउँसै मोटरसाइकलमा यादव कसरी वीरगन्ज छिरे भन्ने प्रश्नमा प्रहरी नायव उपरीक्षक शाहीले भने, ' पैसा पारि भारतकै हो भन्ने हाम्रो सुत्रले जनाएको छ, यादव मुख्य नाका नभइ चोर बाटोबाट वीरगन्ज छिरेको हुन सक्छन् , यस विषयमा अनुसन्धान भइरहेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.