राहतको चामल गुणस्तरहीन भएको गुनासो आएपछि वडाको गोदाममा छापा

राहतको चामल गुणस्तरहीन भएको गुनासो आएपछि वडाको गोदाममा छापा

वीरगन्ज : वीरगन्ज महानगरपालिका- १४ मा महानगरले राहतमा बाँड्न पठाएको चामल गुणस्तरहीन भेटिएको गुनासो आएपछि बिहीबार स्थानीय प्रशासनसहितको टोलीले गोदाममा छापा मारेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेत नेतृत्वको अगुगमन टोलीले बिहीबार वडा नम्बर १४ को गोदाममा छापा मारेको हो । टोलीले गोदाममा भण्डारण गरी राखिएका चामलको नमूना संकलन गरी परीक्षणका लागि जनकपुरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रयोगशालमा पठाएको छ । 

गोदाममा रहेका ९ सय ५० किलो चामल मध्ये केही बोराबाट नमूना संकलन गरी परीक्षणका लागि जनकपुर पठाइएको बस्नेतले जानकारी दिए । वडा नम्बर १४ मा राहतको लागि पठाइएको मध्ये केही बोराको चामल गुणस्तरहीन रहेको र केही बोरामा कम तौल चामल रहेको गुनासो आएपछि बिहीबार अगुमन गरिएको बस्नेतले बताए । 

अगुगमनका क्रममा बोरामा चामलको तौल कम भएको भने पाइएन, उनले भने, ' गुणस्तरहीन रहेको गुनासोको सवालमा भने केही बोराको चामलको नमूना संकलन गरी परीक्षणका लागि जनकपुर पठाएका छौं। '

प्रयोगशालाको रिपोर्टमा चामल गुणस्तरहीन देखिएमा प्रक्रिया अगाडि बढाइने बस्नेतले जानकारी दिए  ।

महानगरले वडा नम्बर १४ राहतमा बाँड्न पठाएको ९ सय ७५ केजी चामल मध्ये केही बेराको चामल गुणस्तरहीन रहेको र केही बोरामा अंकीत तौल भन्दा कम तौल चामल भेटिएपछि वडा अध्यक्ष भरतप्रसाद कुर्मीले बिहीबार राहत वितरण रोकेका थिए ।

बिहीबार राहत वितरणका लागि चामलको बोरा खोलेर झोलामा प्याकिङ गर्ने क्रममा न्यू बोलबम राइस मिल र सुरज खाद्य स्टोरबाट महानगरपालिकाले खरिद गरेको ९ सय ५० किलो चामल मध्ये केही बोरा भित्रको चामल डल्लो परेको भेटिएको थियो । 

केही बेरामा भने ३० किलो लेखिएको भएपनि तौल गर्दा २५ किलो मात्रै चामल भेटिएको वडा अध्यक्ष कुर्मीले बताए । चामलको बोरा खोलेर प्याकिङ गर्ने क्रममा केही बोरामा चामल डल्ला परेको देखियो, उनले भने, 'केही बोरामा उत्पादन मिति पनि थिएन, तौलमा पनि कम थियो ।'

राहत वितरणको अनुगमन गर्न महानगरपालिकाले गठन गरेको अनुगमन समितिका संयोजक अरविन्द गुप्ताले वडा नम्बर १४ मा पठाइएको चामल मध्ये ३ बोरामा मात्रै चामल डल्लो परेको भेटिएको बताए ।अन्य वडाबाट कुनै गुनासो अहिलेसम्म नआएको उनले बताए । 

उनले भने, 'पानीले भिजेको हुनसक्छ, त्यो चामल फिर्ता गरेर अर्को चामल पठाइन्छ।'

उच्चस्तरीय छानबिन समिति गठन
महानगरका नगरप्रमुख विजय सरावगीले भने वडा नम्बर १४ मा खराब भेटिएको चामल उद्योगलाई फिर्ता गरेर गुणस्तरीय चामल ल्याउने व्यवस्थापन मिलाइएको बताए ।  पानी परेकै बेला ट्रकमा लोड गर्दा बोरामा पानी पसेको हुनसक्छ,उनले भने, '४÷५ सय टनमध्ये ३ बोरामा चामलमा मात्रै समस्या देखिनु कुनै ठूलो कुरा होइन । '

यस विषयमा छानबिन गरी सत्य तथ्य बुझ्नका लागि महानगरको सामाजिक विकास महाशाखा प्रमुख अधिकृत अरुण कुमार महत्तोको नेतृत्वमा ३ सदस्यिय उच्चस्तरीय छानबिन समिति गठन गरिएको नगर प्रमुख सरावगीले बताए ।

महानगरले पठाएको ब्राण्ड बाहेकको अन्य ब्राण्डको बोरामा समस्या देखिएको छ, उनले भने, 'यो विषयमा पनि छानबिन समितिले सत्य तथ्य बाहिर ल्याउँछ।' राहत वितरणको समग्र प्रक्रिया छानविन गर्ने भन्दै महानगर प्रमुख सरावगीले भने, 'कुनै वडामा राहत लाने नबाँड्ने बेचेर खाको समेतको गुनासो आएको छ, यी र यस्ता सबै गतिविधिलाई अब छानविनको दायरामा ल्याउँछौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.