सरकारी अस्पताललाई कोबिड हस्पिटल बनाएको विरोधमा लगातार सडक प्रदर्शन

सरकारी अस्पताललाई कोबिड हस्पिटल बनाएको विरोधमा लगातार सडक प्रदर्शन

वीरगन्ज : सरकारले वीरगन्जको नारायणी अस्पताललाई कोबिड १९ अस्पताल बनाएपछि त्यसको विरोधमा लगातार सडक प्रदर्शन भइरहेको छ । नारायणी अस्पताललाई सरकारले चैत ३० गते कोबिड १९ अस्पताल घोषणा गरेको थियो । कोबिड हस्पिटल घोषणा पछि बैशाख २ देखि नै नारायणी अस्पतालमा कोरोना संक्रमण बाहेकका अरु सबै उपचार र सेवा बन्द गरिएको छ । 
 
नारायणी अस्पतालबाट प्रदान हुने उपचार सेवा सरकारी दर र सहुलियतमा प्रदान गर्ने जिम्मेवारी नेशनल मेडिकल कलेजलाई दिइएको छ । तर मेडिकल कलेजले सरकारको निर्देशन विपरित चर्को शुल्क लिइरहेको बिरामीहरुको गुनासो छ ।

सरकारले वीरगन्जको एक मात्र नारायणी अस्पताल बनाएपछि आर्थिक रुपमा कमजोर र मध्य वर्गीय बिरामीहरु उपचारबाट बन्चित भएको भन्दै सरकारको निर्णयको निरन्तर विरोध भइरहेको छ । कोबिड १९ हस्पिटल बनाइएको नारायणी अस्पताललाई पुन जनरल अस्पताल बनाउन माग गर्दै वीरगन्जमा २ साता यता निरन्तर प्रदर्शन भइरहेको छ । 

आइतबार नेपाली कांग्रेसले पनि लकडाउन जारी रहेकै बेला वीरगन्जको सडकमा उत्रिएर प्रदर्शन गरेको छ । काँग्रेसका नेता कार्यकर्ताले अस्पताल नजिकै मालपोत कार्यालय चोकको सडकमा आइतबार बिहान साढे ११ देखि १२ बजेसम्म ताली बजाएर प्रदर्शन गरेका हुन् ।

पर्सादेखि सर्लाहीसम्म ४ जिल्लाका बिरामीको उपचार हुने सरकारी अस्पतालको उपचार सेवा बन्द गरिँदा बिरामीहरु उपचार नपाएर समस्यामा परेको भन्दै काँग्रेसले आइतबार प्रदर्शन गरेको हो । कोबिड १९ हस्पिटलका लागि वैकल्पिक व्यवस्था गरेर नारायणी अस्पतालाई पूर्ववत अवस्थामा परिणत गरी सबै रोगको उपचार सेवा सन्चालन गर्नु पर्ने माग राखेर प्रदर्शन गरिएको काँग्रेस पर्साका सभापति अजय द्विवेदीले बताए । 
 
सरकारले कोबिड हस्पिटल तोकेदेखि नै वीरगन्जका जनता र संघस्ंथाले निरन्तर विरोध गरिरहँदा पनि सुनुवाइ नभएपछि जनताको आवाज मुखरित गर्न बाध्य भएर सडकमा उत्रिएको उनले बताए । 'नारायणी अस्पताल जनताको अस्पताल हो, यहाँ आम जनताको उपचार हुनुपर्छ', उनले भने,‘यदि सरकारले अब पनि जनताको यो आवाज सुनेन भने लकडाउन तोडेर ठूलो संख्यामा जनता सडकमा आउन बाध्य हुनेछन् ।' 
  
नेपाल चिकित्सक संघले पनि कोबिड १९ अस्पताल बनाइएको नारायणी अस्पताललाई जनअपेक्षाअनुरुप पुन जनरल अस्पताल कायम गरी सबै रोगको उपचार सेवा सुचारु गर्न माग गरेको छ । नारायणी अस्पतालमा जनरल सेवा सन्चालन नहुँदा प्रसूती लगायत अन्य सेवाका रोगीहरु उपचार बिहीन बनेको र सरकारले विकल्प दिएको निजी अस्पतालले सरकारी अस्पतालको जस्तो सस्तो सुलभ र स्तरीय सेवा प्रवाह गर्न नसकेको जनगुनासो आइरहेकोले, नारायणी अस्पतालको जनरल सेवा सुचारु गर्नु पर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
बैशाख १३ गते पनि नारायणी अस्पतालमा पुन सबै रोगका बिरामीको उपचार र अन्य सेवा सुचारु गर्न माग गर्दै वीरगन्जको आदर्शनगरमा स्थानीयले सडकमा निस्किएर थाल ठटाएर प्रदर्शन गरेका थिए । त्यसअघि जनता समाजवादी पार्टी र नेविसंघले पनि सडक प्रदर्शन गरेको थियो । सरकारले  कोबिड १९ अस्पताल बनाएको नारायणी अस्पतालमा हाल कोरोनाका ९ जना संक्रमित उपचाररत छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.