वीरगन्जमा थप एक जनामा कोराना संक्रमण देखियो

वीरगन्जमा थप एक जनामा कोराना संक्रमण  देखियो

वीरगन्ज : वीरगन्जमा आइतबार थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नेपालमा योसहित  संक्रमितको संख्या ६० पुगेको छ।

यसअघि वैशाख १७ मा वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो ।  वैशाख १४ मा पनि वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय र वीरगन्ज ३ छपकैयाका ४९ वर्षीय गरी २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसअघि चैत ३० मा वीरगन्ज २ छपकैयाको मस्जिदमा बसेका तीन भारतीय मुस्लिम जमातीमा पनि कोरोना संक्रमण भेटिएको थियो । वीरगन्जमा भेटिएका संक्रमीतको सम्पर्कमा रहेकाको कन्टयाक्ट ट्रेसिङ गर्ने क्रममा केही शंकास्पद व्यक्तिको शुक्रबार स्वाब संकलन गरी काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएको थियो । 

काठमाडौंबाट आइतबार दिउँसो नारायणी अस्पताललाई प्राप्त रिपोर्टअनुसार वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि ती संक्रमीतलाई आइतबार दिउँसो एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । तर नारायणी अस्पतालले भने यसको आधिकारीक पुष्टि गरेको छैन। 

अस्पताल श्रोतका अनुसार आइतबार भेटिएका संक्रमित पुरुष राहत वितरणका लागि वडा नम्बर ३ मा गठन गरिएको सर्वदलीय समितिका सदस्य पनि हुन्। यसअघि वैशाख १४ मा कोरोना संक्रमण पुष्टि भएका वडा नम्बर ३ मा कार्यरत महानगरपालिकाका सरसफाइ कर्मचारीसँगै उनी पनि राहत वितरणमा खटिएको बताइएको छ ।  

हालसम्म रोना संक्रमितमध्ये १६ जना निको भएर घर फर्किएका छन्। बाँकी ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.