सांसदद्वारा स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

सांसदद्वारा स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

वीरगन्ज : पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आफ्नो निर्वाचन क्षेत्रका सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई कोरोनाका महामारीबाट जोगिन स्वास्थ्य उपकरण र सामाग्री प्रदान गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा रहेका वीरगन्ज महानगरका १९ वटा स्वास्थ्य चौकीहरुमा बुधबार सांसद यादवले पीपीइ सेट, थर्मल गन, एन नाइन्टी फाइभ मास्क, सेनेटाइजर र ग्लोब्स प्रदान गरेका हुन् । 

बुधबार नै सांसद यादवले वीरगन्जमा कार्यरत सञ्चारकर्मीलाई पनि एन नाइन्टी फाइभ मास्क, सेनिटाइजर र ग्लोब्स वितरण गरेका छन् । वीरगन्जको घण्टाघर चोकमा बोलाएर ५० भन्दा बढी सञ्चारकर्मीलाई यादवले ती सामान वितरण गरेका हुन् ।

त्यस अवसरमा उनले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई थर्मल गन एक थान, आधा लिटर सेनेटाइजर, ग्लोब्स, मास्क सहितको सामाग्री महासंघ पर्साका अध्यक्ष श्याम बन्जारालाई प्रदान गरे । संसद सचिवालयबाट प्राप्त आफ्नो तलबबाट ती सामाग्री खरद गरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई प्रदान गरेको सांसद यादवले बताए । 

कोरोनाको महामारीमा ज्यान जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मी र जनतालाई सुचित गराइरहेका सञ्चारकर्मीको आत्मबल बढाउन आफूहरुले स्वास्थ्य सामाग्री प्रदान गरेको उनको भनाइ छ ।  उनले भने, ‘कोरोनाको जोखिममा पनि स्वास्थ्यकर्मी र सञ्चारकर्मी ज्यान हत्केलामा राखेर काम गरिरहेका छन्। उनीहरुलाई प्रोत्साहित गर्ने जिम्मेवारी मेरो पनि हो भनेर सकेको जति सहयोग गरेको हुँ ।' 

त्यस अवसरमा नेपाल पत्रकार  महासंघका प्रदेश २ अध्यक्ष दिपेन्द्र चौहान , पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, पूर्वअध्यक्ष अशोक तिवारी लगायतको पनि उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.