डोल्पामा एक जनामा आरडिटि पोजिटिभ

डोल्पामा एक जनामा आरडिटि पोजिटिभ

डोल्पा : डोल्पामा आरडिटि परिक्षण गर्दा एक जनाको रिपोट भोजेटिभ आएको छ। त्रिपूरा सुन्दरी नगरपालिका-७ को कस्तुरी आधारभुत विद्यालयमा क्‍वारेन्टाइनमा बसेका ६४ वर्षीय एक जनामा आरडिटि परिक्षण गर्दा पोजिटिभ देखिएको हो।

३६ जनाको परिक्षण गर्दा उनको परिक्षण पोजिटिभ आएपछि उक्त क्‍वारेन्टाइनमा रहेका ३६ जना सबै उच्च सुरक्षाका साथ राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। प्रजिअ सुनारका अनुसार शंकास्पद भए पनि प्रमाणित भएको छैन्। डराउनुपर्ने अबस्था नरहेको बताए। उनको थप परिक्षणको लागि जिल्लाबाट डाक्टर रमेश रोक्कासहित ल्याबको टोली हिडेको र जिल्ला अस्पतालमा रहेको आरडिटि किडले पनि परिक्षण गरिने प्रजिअ सुनारले जानकारी दिए।

स्वास्थ्यकर्मीको टोलीले परिक्षणका क्रममा पोजिटिभ देखाएकोले उनको स्वाब परिक्षणको लागि भोली नै प्रदेशबाट हेली मगाएर पिसिआर परिक्षणको लागि लैजाने सुनारले जानकारी दिए। सरकारले नागरिक उद्धार क्रममा डोल्पा नागरिक ल्याउने क्रममा उनि पनि डोल्पा आएका थिए। आउने बित्तिकै उनी क्‍वारेन्टाइनमा बसेका थिए। उनको आरडिटि रिपोट पोजिटिभ आएपनिअरु कुनै पनि लक्षण देखिएको भने नभएको स्वास्थ्यकर्मीले जानकारी दिए।

आरडिटि परिक्षणको रिपोट भोजेटिभ आएसँगै जिल्लामा सुरक्षा कडाइ गरिएको छ भने आधिकारीक रिपोर्ट जिल्लाबाट गएको डाक्टरको टोलीले दिने र उनको स्वाब पिसिआर परिक्षणका लागि सुर्खेत पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.