लकडाउनमा वृद्ध भन्छन्, ‘ भत्ता पाएँ, अब खिर र  मासु खान्छु’ (भिडियो)

लकडाउनमा वृद्ध भन्छन्, ‘ भत्ता पाएँ, अब खिर र  मासु खान्छु’ (भिडियो)

बर्दिबास :‘आठ हजार वृद्ध भत्ता पाएँ । पसलमा गएर चामल, दूध, चिनी, मासु र नुनभुटन  किनेर घर जान्छु’, दाउरा बिक्री गरेर जीवन चलाउने ६५ वर्षीय इखबहादुर दर्नालले भने, ‘खिर र मासु भात खाने मन छ ।’ 

लकडाउनमा समाजिक सुरक्षा भत्ता पाएर महोत्तरीको बर्दिबास नगरपालिका-३ का ६५ वर्षीय इखबहादुर दर्नाल खुसीले दंग परेका छन् । उनी भन्छन्,‘महिना दिनदेखि खिर र मासुभात खाने बाटो हेरिबसेको थिएँ । हातमा पैसै थिएन ।’ उनलाई लकडाउनमा दाउरो बिक्री नभएपछि नुनरोटी पनि खान धौंधौं थियो ।
लकडाउनको मरमा परेका उनलाई हातमुख जोड्नै कठिन थियो । समाजिक सुरक्षा भत्ता पाएपछि छाँक टार्न सहज भएको बताउँछन् । 

उनी जंलगमा दाउरा संकलन गरेर बजारमा बिक्री गरी जीवन चलाउँदै आएका थिए । लकडाउनले बर्दिबासका होटलहरु बन्द भएपछि दाउरा बिक्री भएन र  बिहान बेलुका खाना खान समस्या पर्न थाल्यो । ‘एक गरिव मान्छे , त्यसमाथि बन्द छ । कमाइ गरेर खान सकिँदैन, बाटोमा पुलिसले हिँड्नै दिँदैन,’ दर्नालले भने, ‘के गरी गरिव बाँच्छ । खेतिपाती छैन, जागिर छैन । बन्दीमा सरकारले घरै आएर भत्ता दियो । वृद्धा भत्ता खुवाएर राम्रो काम गर्नु भयो ।’

समाजिक सुरक्षा भत्ताकै भरमा जीविका चलाउनेहरुलाई लकडाउनमा निकै कठिन भएपछि घरमै गएर दोस्रो चौमासिकको समाजिक सुरक्षा भत्ता वितरण गरिएको बर्दिबास नगरपालिका वडा नम्बर—३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताए ।‘बैंकबाटै हामीले समाजिक सुरक्षा वितरण गर्दै आएका थियौं । लकडाउनमा सबै बैंकहरु बन्द भएपछि बैंककका कर्मचारीहरुलाई बोलाएर घरघरमै पुगेर समाजिक सुरक्षा वितरण गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो वडा भित्र समाजिक सुरक्षा रकम बाप्त  हालसम्म ३३ लाख रुपैंया बाँढिसकेका छौं । घरघरमै वितरण गर्ने क्रम जारी छ ।’ 

समस्या हुनेलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए । बर्दिबास नगरपालिका-३ का समाजिक सुरक्षा भत्ता बुझ्ने ६ सय ५० छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.