आरडिटि नेगेटिभ आएपछि पिसिआर परिक्षण गर्न सुर्खेत लगियो

आरडिटि नेगेटिभ आएपछि पिसिआर परिक्षण गर्न सुर्खेत लगियो

डोल्पा : डोल्पामा आरडिटि परिक्षण गर्दा एक जनाको रिपोट भोजेटिभ आएको थियो। जिल्लाबाट ल्याब र डाक्टरको टोलीले पुन: परिक्षण गर्दा नेगेटिभ आएको छ। त्रिपूरासुन्दरी नगुरपालिका-७ को कस्तुरी आधारभुत विद्यालयमा क्‍वारेन्टाइनमा बसेका ६४ वर्षीय पुरुषमा आरडिटि परिक्षण गर्दा पोजिटिभ देखिएपनि पुन परिक्षण गर्दा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए।

नेगेटिभ-पोजिटिभ-नेगेटिभ भएपछि थप पिसिआर परिक्षणको लागि हेलीकप्टरबाट उनीसँगै उनकी छोरी र अन्य ५ जना जतिको स्वाप लगिने प्रजिअ सुनारले बताए। निकै अन्यौलमा पारेको छ किटले त्यसैले पिसिआरको लागि हेलीकप्टरबाट सुर्खेत पठाउन लागेको छौ नागरिकमा त्रास बढेको छ पिसिआरको रिपोटपछि नागरिक ढृक्क हुनेछन।

३६ जनाको परिक्षण गर्दा उनको परिक्षण पोजिटिभ आएको थियो तर पुन जिल्लाबाट लगेको आरडिटी किटले परिक्षण गर्दा रिपोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए। सरकारले नागरिक उद्धार क्रममा डोल्पा नागरिक ल्याउने क्रममा उनी पनि डोल्पा आएका थिए। आउने बित्तिकै उनि क्‍वारेन्टाइनमा बसेका थिए।

जिल्लामा सुरक्षा कडाइ गरिएको छ। आरडिटि रिपोट भोजेटिभ आएसँगै नागरिकहरु त्रसित भएका छन। तर जिल्ला प्रशासन र स्वास्थ्यकर्मिले सजक रहन तर नआत्तिन आग्रह गरेका छन्। सरकारले सूरुमा खरिद गरेको आरडिटी किट बाहेक अन्य स्थानीयतहले खरिद गरेका कोरोना परिक्षण गर्ने किटहरु विश्व स्वास्थ्य संगठनले प्रमाणित नगरेका किटहरु खरिद गरेर ल्याएको हुन सक्ने भन्दै नागरिकले प्रश्न गरेका छन्। यति बेला स्थानीय तहले आफै कोरोना परिक्षणका किट खरिद गरेर ल्याएका छन र क्‍वारेन्टाइनमा रहेका सयौ नागरिकलाइ परिक्षण गरेर घर पठाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.