सडक मजदुरको आरडीटी परीक्षण

सडक मजदुरको आरडीटी परीक्षण

धनकुटा : कोशी राजमार्ग अन्र्तगत धनकुटा–हिले सडकखण्डमा खटिएका १७ मजदुरको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । 

धनकुटा उद्योग वाणिज्य संघको पहलमा तथा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको सहयोगमा शनिबार जिल्ला अस्पतालमा आरडीटी टेस्ट गरिएको हो । आरडीटी टेस्ट गरिएका सबै मजदुर धनकुटा जिल्ला बाहिरका हुन् । 

धनकुटा–हिले सडकखण्डको कालोपत्रे गर्न उनीहरु सुनसरी, सिराहा र सप्तरीलगायत जिल्लाबाट आएका मजदुर भएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए । जिल्ला बाहिरबाट आएका मजदुरको आरडीटी टेस्ट गरेपछि मात्रै कार्यस्थलमा खटाइने उनले बताए । यस्तै शनिबारसम्म जिल्लाभर २ सय १८ जनाको ¥यापिड टेस्ट र ७ जनाको स्वाब परीक्षण गरिएको छ। 

सिमावर्ती जिल्ला उदयपुर र भोजपुरमा कोरोना संक्रमित बिरामी फेला परेपछि धनकुटामा तिब्र रुपमा परीक्षण थालिएको हो ।

परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले बताए । उनका अनुसार केहीको ¥यापिड टेस्ट गरेर रिपोर्ट पोजेटिभ आएका र कोरोनाको लक्षणको शंका लागेकाको स्वाब परिक्षण गरिएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.