यो साता देखिंदैछ धूमकेतु

यो साता देखिंदैछ धूमकेतु

काठमाडौं : नेपाली आकाशमा यो साता ‘धूमकेतु’ देखिंदैछ । बिहान सूर्योदयभन्दा २ घन्टाअघि पूर्वी आकाशमा धूमकेतु देखिने छ । 
एक सातासम्म देखिने यो तारा मंगलबार बिहान भने अन्य दिनभन्दा प्रष्टै देखिने खगोलविद् जयन्त आचार्यले बताए । ‘आकाश खुला भएमा एकसातासम्म धूमकेतु देखिन्छ, ३० गते मंगलबार चाहिँ पृथ्वीबाट नजिक हुने भएकाले झनै प्रष्ट देखिदैछ’, उनले भने ।

 खुला आँखाले देख्न सकिने धूमकेतु वाइनाकुलर र टेलिस्कपको सहायताले प्रष्टै नियाल्न सकिने र एक सातापछि पृथ्वीबाट क्रमशः टाढा भएर देखिन छोड्ने आचार्यले बताए । 

यूरोपेली खगोलविद्हरुले गत चैतमा पत्ता लगाएको धूमकेतुको वैज्ञानिक नाम भने ‘कमेट २०२० स्वान’ हो । वैज्ञानिकहरुले यसको चमकपनको मात्रा ३ दशमलव ५ म्याग्नीच्यूट मानेका छन् । यो तारा क्षितिजबाट १५–२० डिग्री माथि सूर्योदय हुनुभन्दा डेढ दुई घन्टाअघि पृथ्वीको सम्पूर्ण भागबाट नियाल्न सकिने बताइएको छ । पृथ्वीको दक्षिणी गोलार्द्धबाट अझ चम्किलो देख्न सकिने विज्ञहरुको ठहर छ । 

धूमकेतु देखिंदा विवाह, व्रतबन्ध, राज्याभिषेक, चूडाकर्म, गृहप्रवेश जस्ता कार्य गर्न शुभ नहुने धार्मिक मान्यता छ । दक्षिणतर्फ देखिने धूमकेतुको फल नराम्रो मान्ने गरिएपनि यो तारा उत्तरपूर्वमा देखिएकाले राम्रो फलदिने मानिएको आचार्यले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.