अज्ञात रोगले धमाधम मर्न थाले बंगुर

अज्ञात रोगले धमाधम मर्न थाले बंगुर

धनकुटा : साँगुरीगढी गाउँपालिका–५ ओख्रेका गोविन्दप्रसाद मगरको यतिबेला निन्द्रा हराएको छ। उनको लाफा पशुपालन तथा कृषि फार्ममा रहेको बंगुरका माउ र पाठापाठी अज्ञात रोगको कारण धमाधम मर्न थालेपछि निन्द्रा हराएको हो। अज्ञात रोगले हालसम्म ८ माउ र ४३ पाठापाठी गरी ५० वटा बंगुर मरिसकेका छन्।

बंगुरका पाठापाठी मर्दा ५ लाख रुपैयाँ नोक्सानी भएको मगरले बताए। लकडाउनको कारण रोग विरुद्धको भ्याक्सिन खोप लगाउन नपाएको उनले दुःखेसो गरे। अज्ञात रोग भनिए पनि लक्षण भने स्वाइन फिभरको जस्तो देखिएको छ। अज्ञात रोगले संक्रमित बंगुरमा छेरौटी, उच्च ज्वरो, आहारा नखाने, झोक्राएर बस्नेजस्ता लक्षण देखिएको उनको भनाइ छ। फार्ममा २५ भन्दाबढी प्रजनन् भएका माउबंगुर छन्। संक्रमण देखिन थालेपछि ८ वटा माउ मरिसकेका छन्। अन्य माउमा पनि देखिन थालेको छ।

औषधि र भ्याक्सिन खरीद गर्न धरान पुगे पनि लकडाउनका कारण बजार बन्द भएकाले नपाएको उनले बताए। पाँच वर्षअघि सुरु गरिएको उनको फार्ममा हालसम्म २५ लाख लगानी भइसकेको छ। बंगुर फर्म साँगुुरी गाउँपालिकाकै नमूना फर्म रहेको ५ नंंका वडाध्यक्ष पलकबहादुर बस्नेतले बताए। उनले भने, ‘उनकै प्रेरणाले अन्य युवाले पनि फार्म सुरु गरेका छन्। तर संक्रमणले अन्य स्थानमा फैलने डरले सबैलाई समस्या भएको छ।’

गाईभैंसी, खसीबोका, बंगुरजस्ता पशुमा महामारी फैलिन नदिन सरकारले निःशुल्क हरेक वर्ष भ्याक्सिन खोप लगाउने अभियान सञ्चालन गर्दै आएको थियो। चालु आर्थिक वर्षमा पनि साँगुरीगढी गाउँपालिकामा स्वाइन फिभर, खोरेत, पीपीआर भ्याक्सिन खोप लगाउने कार्यक्रम थियो।

लकडाउनका कारण सबै कार्यक्रम प्रभावित भएको गाउँपलिका पशु विकास शाखाका कर्मचारी खिरमाया राईले बताइन्। खोप अभियानअन्तर्गत पीपीआर र खोरेतको भ्याक्सिन लगाइसकेका थियौं। तर स्वाइन फिभरको खोप लगाउने बेला लकडाउन भएपछि खोप लगाउने कार्यक्रम प्रभावित बन्दा समस्या भएको हो। बंगुरमा गाउँपालिकाभर दुई हजार वटा भ्याक्सिन लगाउने योजना थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.