पर्सामा सहर हुँदै गाउँमा भित्रियो कोरोना संक्रमण

पर्सामा सहर हुँदै गाउँमा भित्रियो कोरोना संक्रमण

वीरगन्ज : पर्सामा मङगलबार थप ३९ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ। ती मध्ये २ जना पत्रकार पनि छन्। ३९ संक्रमित मध्ये दुईजना पत्रकार पनि रहेको पाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले पुष्टि गरे। ‘मंगलबार पोजिटिभ रिपोर्ट आएका ३९ मध्ये २ जना पत्रकार पनि छन्’, उनले भने। 
 
वीरगन्जमा गत आइतबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका ४ पत्रकारमध्ये दुई जनामा मङगलबार कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित पाइएका दुवै पत्रकार पुरुष हुन्। पर्सामा मङगलबार थप पुष्टि भएका ३९ मध्ये २६ जना वीरगन्ज महानगरपालिका हुन् भने बाँकी १३ जना छिपहरमाइ गाउँपालिकाका हुन्।

 
पर्सामा यसअघि  भेटिएका संक्रमितको सम्पर्कमा रहेका र क्वारेन्टाइनमा राखिएकाको गरी ६ सय ५४ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। 

काठमाडौंको प्रयोगशालाबाट मङगलबार अस्पताललाई प्राप्त रिपोर्टमध्ये ३९ जनामा कोरोना पोजिटिभ आएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए। उनका अनुसार मङगलबार पर्सामा पहिलो पटक ग्रामीण भेगमा कोरोना संक्रमित भेटिएका हुन्। 

पर्सा जिल्लामा यसअघि चैत ३० देखि वैशाख २८ सम्म भेटिएका सबै २५ संक्रमित वीरगन्ज महानगरपालिकाकै थिए। तर मङगलबार थप भेटिएका ३९ मध्ये १३ जना भने जिल्लाको ग्रामीण भेगमा पर्ने छिपहरमाइ गाउँपालिकाको रहेको मेसु उपाध्यायले बताए। 

बाँकी २६ जना संक्रमित वीरगन्ज महानगरपालिका २, ३, ४, १६, १७ र १८ को रहेको मेसु उपाध्यायले जानकारी दिए। उनले भने, ‘अहिलेसम्म पर्सामा भेटिएका संक्रमित सबै वीरगन्ज महानगरका थिए। तर  मङगलबार भने पहिलो पटक वीरगन्ज महानगर भन्दा बाहिरको गाउँ छिपहरमाइ गाउँपालिकामा पनि १३ जना संक्रमित भेटिएका छन्।’ 

मङगलबार थप संक्रमण पुष्टि भएका सबै ३९ संक्रमित पुरुष रहेको र उनीहरु १२ देखि ६० वर्ष सम्मको उमेरका रहेको पनि उनले बताए।  मङगलबार संक्रमण पुष्टि भएकालाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालको आइसोलेशन वार्डमा ल्याइने उनले बताए। उनले भने ,‘महानगरका विभिन्न वडा र टाढाका गाउँबाट ल्याउनु पर्ने भएकाले केही समय लाग्न सक्छ, हामीले ल्याउने तयारी गरिरहेका छौँ।’ 
मङगलबार ३९ जना थपिएसँगै पर्सामा संक्रमितको संख्या ६४ पुगेको छ। जुन नेपालमै सबै भन्दा बढी हो। ६४ मध्ये पर्साका स्थानीय ६१ जना हुन्। बाँकी ३ भने भारत उत्तर प्रदेश र दिल्लीका जमाती हुन्। 

तीन संक्रमित भारतीय जमातीमध्ये २ जना भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अरु सबै संक्रमितको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइराखेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.