पर्सामा एकैदिन ५७ नयाँ संक्रमित, १४ जना बागलुङबाट आएका

पर्सामा एकैदिन ५७ नयाँ संक्रमित, १४ जना बागलुङबाट आएका

वीरगन्ज : पर्साको वीरगन्जमा मंगलबार राति थप १८ जनामा कोरोना संक्रमण भेटिएको छ । मंगलबार राति स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर–३ छपकैयाका १८ जनामा संक्रमण भेटिएको हो। 

वीरगन्ज ३ छपकैयाका १२ पुरुष र ६ महिला गरी १८ जना थप संक्रमित भेटिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले पुष्टि गरेका छन् । मंगलबार राति संक्रमण पुष्टि भएकामध्ये ६ जना गत आइतबार कोरोना संक्रमण पुष्टि भई अस्पतालमा भर्ना गरिएका वीरगन्ज ३ छपकैयाका किराना पसलेको परिवारका सदस्य र  बाँकी १२ जना पनि उनकै सम्पर्कमा रहेकाहरु भएको मेसु उपाध्यायले बताए । 

पर्सामा एकैदिनमा ५७ नयाँ संक्रमित

पर्सा जिल्लामा मंगलवार एकै दिन ५७ जना नयाँ संक्रमीत थपिएका हुन् ।  योसंगै पर्सामा संक्रमीतको संख्या अब ८२ पुगेको छ ।मंगलबार संक्रमण पुष्टि भएका ५७ जना संक्रमीत मध्ये २ जना पत्रकार पनि छन् ।

वीरगन्जमा गत आइतवार पिसिआर परिक्षणका लागि स्वाबको नमूना दिएका ४ पत्रकार मध्ये दुइ जना पत्रकारमा पनि मंगलवार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण भएका दुवै पत्रकार पुरुष हुन् । पर्सामा मंगलवार थप पुष्टि भएका ५७ जना ४३ जना वीरगन्ज महानगरपालिका हुन् भने बाँकी १४ जना छिपहरमाइ गाँउपालिकाका हुन् ।  पर्सामा यसअघि  भेटिएका संक्रमीतहरुको सम्पर्कमा रहेका र क्वारेन्टाइनमा राखिएकाहरुको गरि ६ सय ७८ जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि काठमाडांैको राष्टिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । 
 काठमाडौंको प्रयोगशालाबाट मंगलबार दिउसो र राति गरी अस्पताललाई प्राप्त रिपोर्ट मध्ये ५७ जनामा कोरोना पोजेटिभ देखएिको मेसु उपाध्यायले बताए ।। 

पर्सा जिल्लामा यसअघि चैत ३० देखि बैशाख २८ सम्म भेटिएका सबै २५ संक्रमत वीरगन्ज महानगरपालिकाकै थिए । तर मंगलबार थप भेटिएका ५७ मध्ये १४ जना भने जिल्लाको ग्रामीण भेगमा फेला परेका संक्रमीतहरु रहेको मेसु उपाध्यायले जानकारी दिए । बाँकी ४३ जना संक्रमीत भने वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ , ३ , ४ , १६ , १७ र १८ को रहेको मेसु उपाध्यायले बताए । 

१४ संक्रमित बाग्लुङबाट आएका 

नारायणी अस्पतालका मेसु मदन उपाध्यायका अनुसार मंगलबार संक्रमण पुष्टि भएका पर्साको छिपहरमाइ गाउँपालिकाका ११ जना, धोविनी गाँउपालिकाका–२ जना र एक जना भने भारतीय नागरिक हुन् । ती १४ जना १७ दिन पहिले बागलुङबाट आएको खुलेको छ ।

रोजगारीका लागि बागलुङ पुगेका उनीहरु लकडाउनका कारण समस्यामा परेपछि १७ दिन पहिले बसमा चढेर पर्साको छिपहरमाइ गाँउपालिकामा आइ पुगेका थिए ।
बाग्लुङबाट बा ४ ख ५७९० नम्बरको बसमा चढेर बैशाख १३ गते छिपहरमाइ गाँउपालिकामा आइ पुगेका संक्रमण देखिएकासहित ४२ जना सबैलाई गाँउपालिकाको भिस्वास्थित मंगल उच्च माविको क्वारेन्टाइनमा राखिएको थियो । 
 

क्वारेन्टाइनमा राखिएका ६२ जनाको स्वाब परीक्षणका लागि काठमाडौंको प्रयोगशालामा पठाइएको र ती मध्ये मंगलबार १४ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले जानकारी दिए । 

संक्रमित १४ जनालाई नै उपचारका लागि मङलबार राति वीरगन्जस्थित नारायणी अस्पतालको क्वारेन्टाइनमा पठाइएको अध्यक्ष गुप्ताले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.