त्रासमा वीरगन्ज (फोटो फिचर)

त्रासमा वीरगन्ज (फोटो फिचर)

वीरगन्ज : एकै दिन थप ५७ कोरोना संक्रमित भेटिएपछि पर्सा जिल्लामा सदरमुकाम वीरगन्जसहित ग्रामीण भेगको जनजीवन त्रसीत बनेको छ । पर्सामा मङ्गलबार मात्रै कोरोनाका ५७ संक्रमित भेटिएका हुन् । योसँगै पर्सामा संक्रमितको संख्या ८२ पुगेको छ ।

 
संक्रमितको कन्टयाक्ट ट्रेसिंग गरी थुप्रै शंकास्पद व्याक्तिको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको र उनीहरूको रिपोर्ट आउन बाँकी नै रहेकाले संक्रमितको संख्या अझ बढ्न सक्ने अनुमान चिकित्सकहरुको छ । मङ्गलबार ५७ जना संक्रमित भेटिएपछि कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पर्सामा मङ्गलबार बेलुकी ८ बजेदेखि नै निषेधाज्ञा जारी गरिएको छ ।


 
लकडाउनले मात्रै संक्रमण नियन्त्रणमा आउन नसकेको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले मङ्गलबार बेलुकी ८ बजेदेखि जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । लकडाउन र निषेधाज्ञालाई अझ कडाइका साथ लागु गर्न मङ्गलबार बेलुकीदेखि नै नेपाली सेना पनि परिचालन गरिएको छ । 

पर्साको वीरगन्ज महानगर र ग्रामीण भेगका हरेक चोक-चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि तैनाथी बढाइएको छ । निषेधाज्ञा लागु गरिएसँगै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले प्रयोग गर्नेबाहेक अन्य सबै निजी तथा सार्वजनिक सवारी साधन सन्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ । 

जसका कारण वीरगन्ज महानगरका सडक, टोल र चोकहरु बुधबार बिहानैदेखि सुनसान छन् । महानगरका भित्री टोलका चोक चोकमा स्थानीय आफैँले बासको ढाट राखेर आवागमन रोकेका छन् । मङ्लबार २ जना पत्रकारमा पनि संक्रमण फेला परेपछि त्रसित बनेका वीरगन्जका अधिकांश पत्रकारले बुधबार आफैँ नारायणी अस्पतालमा पुगेर पिसिआर परीक्षणका लागि स्वाबको नमुना दिएका छन् ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.