वीरगन्जमा १०४ पत्रकारको स्वाब संकलन

वीरगन्जमा १०४ पत्रकारको स्वाब संकलन

 वीरगन्ज : दुईजना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले बुधबार आफै अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । पर्सामा मङगलबार एकैदिन थप ५७ कोरोना संक्रमीत भेटिएका थिए । ती मध्ये वीरगन्जका २ पत्रकार पनि छन् ।  दुवै पत्रकारलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि सकिएको छ । 

सँगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका थप पत्रकार आतंकित भएका छन्। वीरगन्ज र काठमाडौंका विभिन्न संचारगृहमा कार्यरत पत्रकारले बुधबार नारायणी अस्पतालमा पुगेर परीक्षणका लागि स्वाबको नमूना दिएका हुन् । 

बुधबार पीसीआर परीक्षणका लागि १ सय ४ जना पत्रकारको स्वाबको नमूना संकलन गरिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

संक्रमीत दुई पत्रकारको परिवारका सदस्यको स्वाब पनि संकलन गरिएको उनले बताए । बुधबार संकलन गरिएका स्वाब रिपोर्ट सम्भवत शुक्रबारसम्म आउने सम्भावना रहेको पनि उनले बताए । 

मङगलबार संक्रमण पुष्टि भएका २ पत्रकार गत आइतबार वीरगन्जका पत्रकार तिवारी यादवसँग प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा नेपाल पत्रकार महासंघको अगुवाइमा लगातार ३ दिनसम्म भएको आन्दोलनमा सहभागी थिए ।
 
प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा महासंघको अगुवाइमा गत आइतबार चार दर्जन भन्दा बढी पत्रकार जिल्ला प्रहरी कार्यालयमा भेला भएका थिए । सोमबार र मङगलबार पनि घण्टाघर चोकमा पत्रकारले धर्नासहितको प्रदर्शन गरेका थिए । मङगलबार नै पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर पत्रकारले प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई ३ दिनको अल्टिमेटमसहित ज्ञापनपत्र पनि बुझाएका थिए । 

आइतबारदेखि मङगलबारसम्म भएको प्रदर्शन र धर्नासहितको आन्दोलनमा संक्रमीत दुवैजना पत्रकारसँगसँगै अरु पत्रकार सहभागी भएकाले अरुमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.