लकडाउनमा परिवार पाल्न नसकेपछि अछामका युवाले गरे भारतमा आत्महत्या

लकडाउनमा परिवार पाल्न नसकेपछि अछामका युवाले गरे भारतमा आत्महत्या

अछाम : रोजगारीका लागि भारत गएका अछामका एक युवाले आत्महत्या गरेका छन्। विश्वव्यापी फैलिरहेको महामारी कोरोना भाइसका कारण परिवार पाल्न नसकेर उनले आत्महत्याको बाटो रोजेका हुन्।

बान्नीगढी जयगढ गाउँपालिका-२ जनालीकोटका शेरे हुड्के ४ वर्षदेखि भारतको राजकोटमा नोकरी गर्दै आएका थिए । उनको ६ जनाको परिवार गुजरात राज्यको राजकोट सहरमा बस्दै आएको थियो।

हुड्केको परिवार मालिकको घरमा बस्थ्यो । अहिले विश्वभरी फैलिएको कोरोना भाइरसका कारण लकडाउनपछि काम बिहीन भएका हुड्केलाई साँझ बिहानको छाक टार्ने मुस्किल पर्यो।

त्यसमाथि पनि मालिकले पटकपटक घर छोड्न चेतावनी दिन थाल्यो।  एकातिर भोकको चिन्ता अर्कोतिर लकडाउनमा बस्ने ठेगाना नभएपछि  यही वैशाख २८ गते उनले आत्महत्या गरे । परिवार पाल्न नसक्ने भएपछि बाध्य भएर आत्महत्या गरेको मृतकका अंकल झपट हुड्केले बताए।

उनले भने, 'रोगको चिन्ताभन्दा पनि भोकको सुर्ताले आत्महत्या गरेको हो, हामीजस्ता दु:खी गरिबका लागि कोही छैन, परिवारको बिचल्ली छ, कसरी खुवाउने, कहाँ लगेर जाने ?' अहिले राजकोटमा मृतक हुड्केकी श्रीमती मन्न देवी, ३ छोरी र एक छोराको बिचल्ली भएको छ । कोरोना भाइरसका कारण लकडाउन भएपछि भारतमा रहेका अछामीको बिचल्ली भएको छ ।

जनालीकोटका वडाध्यक्ष नेत्र साउदले मृतकका परिवारलाई गाउँ ल्याउन पहल भइरहेको बताए । उनले भने,' हाम्रो पहुँच त्यहाँसम्म पुग्दैन, संघीय र प्रदेश सरकारलाई आग्रह गरेको छु, अहिले १५ हजार (भारु) रकम मृतकका परिवारलाई दिएका छौं, उनीहरुले रकम पाइसकेका छन्, यसले केही राहत हुनेछ ।'

अछामका अधिकांश परिवारको घरको चुलो भारतको कमाईबाट बल्ने गर्छ । भारतको रोजगारमा निर्भर रहेका यहाँका धेरै जस्तो परिवार भारतका विभिन्न सहरमा बस्दै आएका छन् ।

अछामका स्थानीय तहले स्थानीय स्तरमै रोजगारको व्यवस्था गर्ने भनेपनि यहाँका अधिकांश पुरुष अझै पनि  भारत जानुपर्ने बाध्य छन्।स्थानीय तहको तंथाकअनुसार जिल्लामा चैत १ गते यता कोरोनाका कारण काम बिहीन भएपछि ३ हजार ३ सय २१ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएका छन् । 

मेल्लेख गाउँपालिकामा ५७४, रामारोशन गाउँपालिकामा २४७,पञ्चदेवल बिनायक नगरपालिकामा १२० चौरपाटी गाउँपालिकामा ९०,ढकारी गाउँपालिकामा ६१९ तुर्माखाँद गाउँपालिकामा ३९०, कमलबजार नगरपालिकामा २१४,मंगलसेन नगरपालिकामा ६२२, बान्नीगढी जयगढ गाउँपालिकामा २९९, साँफेबगर नगरपालिमा १४३ भारतबाट भित्रिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.