शौचालय गएका दुई कोरोना संक्रमित दुई तलाबाट हाम्फालेर भागे

शौचालय गएका दुई कोरोना संक्रमित दुई तलाबाट हाम्फालेर भागे

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत दुईजना संक्रमित बुधबार दिउँसो अस्पतालबाट भागेका छन्। अस्पतालको सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डमा राखिएका दुवैजना बुधबार दिउँसो साढे ३ बजे तिर भागेका हुन्। 

अस्पतालबाट भाग्नेहरुमा पर्साका विन्दाबासिनी गाउँपालिका घर भइ हाल वीरगन्ज २ मा बस्दै आएका राजनाथ यादव र वीरगन्ज १६ इर्नरुवाका ४४ वर्षीय जावेद मियाँ। उनीहरु दुवैलाई, मङगलबार दिउँसो कोरोना संक्रमणको पुष्टि भएपछि मङगलबार साँझ नै अस्पतालमा ल्याएर आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। अस्पतालको दोस्रो तलामा रहेको सर्जिकल वार्डमा बनाइएको आइसोलेसनमा रहेको शौचालयमा गएका उनीहरु हाम्फालेर भागेको प्रहरी स्रोतले जानकारी दियो।

आइसोलेसन वार्डमै रहेको शौचालयमा बुधबार अपरान्ह साढे ३ बजे तिर छिरेका दुवैजना त्यहीबाट निस्किएर भागेको अस्पताल श्रोतले जनाएको छ। आइसोलेसनबाट २ संक्रमित भागेको खबर बाहिरिए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले अस्पताललाई घेरा हालेको फरार दुवैको खोजी गरिरहेको छ। 

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले पनि अस्पतालको आइसोलेसन वार्डबाट बुधबार अपरान्ह २ जना संक्रमित फरार भएको पुष्टि गरेकी छन्। ‘दुईजना संक्रमित फरार भएका हुन्’, उनले भने,‘उनीहरुको खोजी कार्य जारी छ।’ 

नारायणी अस्पतालको आइसोलेन वार्डमा पर्सा, बारा, रौतहट र सर्लाहीका गरेर ६९ जना संक्रमितलाई  राखेर उपचार गरिदै आएको थियो। बुधबार दुईजना भागेपछि भने अब अस्पतालमा ६७ जना मात्रै संक्रमित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.