अस्पतालबाट भागेका एक संक्रमित पक्राउ : घर पुगेका अर्का संक्रमित मोबाइल फालेर फरार

अस्पतालबाट भागेका एक संक्रमित पक्राउ : घर पुगेका अर्का संक्रमित मोबाइल फालेर फरार

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डबाट बुधबार भागेका दुई संक्रमितमध्ये १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अस्पतालको सर्जिकल वार्डमा बनाइएको आइसोलेसनबाट बुधबार दिउँसो साढे ३ बजे दुई संक्रमित  भागेका थिए। 

ती मध्ये पर्साको विन्दवासीनी गाउँपालिकाको बहुअर्वाभाठा घर भएका संक्रमित २८ वर्षीय राजनाथ यादवलाई नियन्त्रणमा लिएर प्रहरीले फेरि आइसोलेसन वार्डमा पुर्याएको छ। 

अस्पतालबाट भागेर खेतको बाटो हुदै पैदल बहुअर्वाभाठा जाँदै गरेका यादवलाई प्रहरीले वीरगन्ज सहर बाहिरको तिलावे खोलाको पुल नजिकको खेतबाट नियन्त्रणमा लिएको हो। यादव, लागु औषध मुद्दामा पक्राउ परेका थुनुवा पनि हुन्।

लागु औषध मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा राखिएका यादवलाई , मङगलवार कोरोना पुष्टि भएपछि अस्पताल लगिएको थियो। 

यादवसँगै अस्पतालबाट फरार भएका अर्का संक्रमित वीरगन्ज १६ इनर्वाका ४४ वर्षीय जाबेद मियाको भने खोजी कार्य भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। 

पन्तका अनुसार, अस्पतालबाट भागेर घर पुगेका मियाका बारेमा परिवारकै सदस्यले प्रहरीलाई फोन गरेर खबर गरेका थिए। तर प्रहरी मियाको घरमा पुग्नु भन्दा पहिले नै उनी मोबाइल फालेर भागेकाले पक्राउ गर्न नसकिएको पन्तको भनाइ छ। 

मियालाई पनि  मङगलवार दिउसो कोरोना संक्रमणको पुष्टि भएपछि मङगलबार साँझ अस्पताल भर्ना गरिएको थियो।
 
अस्पतालको दोश्रो तल्लाको आइसोलेसन वार्डको शौचालयमा बुधबार अपरान्ह साढे ३ बजे तिर छिरेका दुवै जना संक्रमित शौचालयकै भेन्टिलेटर फोडेर त्यहिबाट हाम फालेर भागेका थिए। 

 आइसोलेसनबाट २ संक्रमित भागेको खबर बाहिरिए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले अस्पताललाई घेरा हालेको फरार दुवैको खोजी सुरु गरेको थियो। 

नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट र सर्लाहीका ६९ जना संक्रमीत छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.