वीरगन्जमा स्वास्थ्यकर्मी पनि संक्रमित

वीरगन्जमा स्वास्थ्यकर्मी पनि संक्रमित

वीरगन्ज :  पर्साको वीरगन्जमा स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण भेटिएको छ ।बुधबार बेलुकी वीरगन्जमा कोरोना संक्रमण पुष्टि भएका थप ३ संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी पनि रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीतकुमार बस्नेतले पुष्टि गरेका हुुन् ।

उनका अनुसार बुधबार बेलुकी संक्रमणको पुष्टि भएका वीरगन्जका ३ जनामध्ये एकजना नारायणी अस्पतालमा कार्यरत ३६ वर्षीया स्टाफ नर्स हुन् । अस्पतालको पेडयाक्ट्रिक विभागमा कार्यरत उनी नारायणी अस्पतालको आइशोलेशन वार्डमा उपचाररत कोरोना संक्रमितहरुको उपचारमा बैशाख १४ गतेदेखि एक हप्ता खटिएकी थिइन् । त्यसपछि भने उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् । 

सहायक प्रजिअ बस्नेतका अनुसार बुधबार बेलुकी ती स्टाफ नर्ससंगै वीरगन्ज मुर्लीका १५ वर्षीय एक किशोर र वीरगन्ज १६ इनर्वाका ७४ वर्षीाय वृद्ध पुरुषमा संक्रमण भेटिएको हो । 

योसंगै पर्सा जिल्लामा संत्रमितको संख्या ८५ पुगेको छ । बुधबार बेलुकी संक्रमण पुष्टि भएका तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.