२४ घण्टापछि पत्ता लाग्यो वास्तविक कोरोना संक्रमित

२४ घण्टापछि पत्ता लाग्यो वास्तविक कोरोना संक्रमित

दाङ : दाङका एक जना कोरोना संक्रमितको रिपोर्ट सार्वजनिक भएको झण्डै २० घण्टापछि पहिचान भएको छ। स्वास्थ्य मन्त्रालयले गलत ठेगाना र सूचना सार्वजनिक गरेपछि दाङमा कोरोना संक्रमित एक जना विरामी खोज्ज सकस भएको थियो। शुक्रवार बेलुका सार्वजनिक भएको सूचना अनुसार तुलसीपुर उपमहानगरपालिका-७ मा विरामी नभेटिए पछि विभिन्न अड्कल बाजीसमेत गरिएको थियो। शनिवार दिउँसो दाङ तुलसीपुरका कोरोना संक्रमितको वास्तविक पहिचान भएको हो।

उनी तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर मजवारका रहेको पुष्टी भएको छ। ३४ वर्षका उनी अर्को एक जना आफन्तको उपचारका लागि  टिचिङ अस्पताल महाराजगञ्जमा पुगेका थिए। विरामी कुरुवाको रुपमा रहेको उनलाई पिसिआर परिक्षण गरिएको थियो। परिक्षण कोरोना  पोजेटिभ देखिएको हो। उनको अहिले टिचिङ अस्पतालमै आइसोलेसन वार्डमा उपचार भइरहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका एचए दोर्ण वलीले जानकारी दिए।

पोजेटिभ नतिजा सार्वजनिक भइसके पनि झण्डै २४ घण्टा दाङका तुलसीपुर क्षेत्र त्रसित बनेको थियो। दाङका यो सहित तीन जनामा कोरोना संक्रमण भेटिएको छ। गढवा गाउँपालिका का दुइ जना र तुलसीपुरको एक जना संक्रमित भएका छन। गढवाको दुई जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.