हतियारसहित दुईजना पक्राउ

हतियारसहित दुईजना पक्राउ

मलंगवा : सर्लाहीको दक्षिणी क्षेत्र बिष्णु गाउँपालिका ३ विश्वनाथपुर टोलबाट हतियारसहित प्रहरीले दुईजना पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बिष्णु गाउँपालिका ३ का २५ वर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिह १ का १९ वर्षीय अनिष साह मुस्लिम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बबाँसघारीमा लुकेर बसेको अवस्थामा प्रदेश 2 को प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको साथबाट प्रहरीले थ्री फिप्टी पेस्तोल, त्यसमा लाग्ने गोली १ थान त्यसैगरी पेस्तोल एक थान, त्यसको म्यागजिन एक थान र त्यमा लाग्ने गोली ५ थान बरामद गरेको छ ।

उनीहरुले प्रयोग गरेको बिआर ३० एम ६७८७ नम्बरको लिभो मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिएका छन् । बरामद गरिएको मोटरसाइकलको अगाडी भागमा प्रेस समेत लेखिएको छ । 

अपरिचित व्यक्ति लुकेको खबर स्थानियले दिएपछि प्रदेशबाट र जिल्लाबाट खटेको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको कुवँरले जानकारी दिएका छन् । पक्राउ परेका मदन साहलाई गतवर्ष चोरीको मुद्धा लागेको हो ।

उनीहरु बिगतदेखि नै मोटरसाइकल चोरी कार्यमा संलग्न रह्दै आएको प्रहरी नायव उपरीक्षक कुवँरले जानकारी दिए। प्रहरीले रोकटोक नगरोस भनेर मोटरसाइकलको अगाडि प्रेस समेत लेखेको छ ।  पक्राउ परेका दुबैलाई जिल्ला ल्याइ हातहतियार ऐनअन्तर्गत मुद्धा चलाइने प्रहरी नायव उपरीक्षक कुवँरले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.