सर्लाहीकी कोरोना संक्रमित युवतीको परिवारका सदस्यको स्वाब संकलन

सर्लाहीकी कोरोना संक्रमित युवतीको परिवारका सदस्यको स्वाब संकलन

सर्लाही : सर्लाहीको रामनगर गाउँपालिकामा २१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । शनिबार साँझसम्ममा संकलन गरिएका स्वाबको पीसीआर विधिबाट परीक्षण गराउन काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले दिए ।

रामनगरबाट दुई साताअघि काठमाडौं गएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि उनका यहाँ रहेका परिवारका सदस्य र गाउँपालिकाको क्वारेन्टाइनमा रहेका गरी जम्मा २१ जनाको स्वाब संकलन गरिएको हो ।

परिवारका सदस्यसँग सोधपुछ गर्दा फागु पूर्णिमा (होली) मनाउन चैत ७ गते गाउँ आएकी युवती वैशाख २२ गते मोटरसाइकलमा काठमाडौं गएको खुलेको रामनगर गाउँपालिका ४ का वडाध्यक्ष रामनरेश महतोले बताए ।

युवतीसँगै उहाँका दुई बहिनी, एक भाइ र गाउँबाट काठमाडौं चल्ने बसमा काम गर्ने दुईजना मोटरसाइकलमा काठमाडौं गएका थिए । होली मनाउन गाउँ आएकी सङ्क्रमित युवतीको परिवार काठमाडौं नै बस्छन् । रामनगरमा युवतीका हजुरबुवा, हजुर आमा, काका, काकी र काका काकीका छोराछोरीसहित १४÷१५ जना बस्दै आएका छन् । उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सङ्क्रमित युवतीका यहाँ हुँदा हिँडडुल नगरी घरमै बसेको पाइएकाले खासै जोखिम नदेखिएको बताए । जिल्लाको दक्षिण-पश्चिम भेगस्थित बाग्मती नदीको किनारमा पर्ने रामनगर गाउँपालिका सदरमुकाम मलङ्गवादेखि झण्डै २२ किलोमिटर टाढा पर्छ ।

त्यहाँ लकडाउन अर्थात बन्दाबन्दीको पालना नभएको गुनासो बारम्बार आइरहेको थियो । गाउँका मानिस जथाभावी हिँडडुल गर्ने र गाउँपालिकाभित्रका सिसौट, खैर्बा र ईनर्वा बजार निकै भीडभाड गरेर नियमितजसो लाग्दै आएको स्थानीय शिक्षक रामपवित्र साहले बताए ।

सर्लाहीमा हालसम्म धनकौल गाउँपालिका-५, हरकठवागोठका १४ वर्षीय बालक, हरिपूर्वा नगरपालिका-३, धनकौल पूर्वारीका मानसिक सन्तुलन ठीक नभएका ४५ वर्षीय पुरुष र रामनगर गाउँपालिका-४, बहुअर्वाकी १८ वर्षीया युवती गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । तीमध्ये बालकको वीरगञ्ज र पुरुषको जनकपुरमा उपचार भइरहेको छ भने युवती काठमाडौंमै छिन् ।

गत मङ्गलवार हरिपूर्वाका पुरुषमा संक्रमण पुष्टि भएपछि बुधबार उहाँको परिवारका सदस्य, सम्पर्कमा आएका व्यक्ति, केही छरछिमेकी र नगरपालिकाले क्वारेन्टाइनमा राखेका चारजना समेत गरी ३० जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि जनकपुर पठाइएको छ । उनीहरुको पनि रिपोर्ट आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.