नेपालमा बनेको पुल नेपालीले प्रयोग गर्न पाएनन्

नेपालमा बनेको पुल नेपालीले प्रयोग गर्न पाएनन्

वीरगन्ज : पर्साको ठोरी स्थित ठुटे खोलामा निर्माण गरिएको पुल, भारतीयको अवरोधका कारण नेपालीले नै प्रयोग गर्न पाएका छैनन् । हुलाकी राजमार्गमा पर्ने ठोरी गापाको वडा नम्बर २ र ३ लाई जोड्ने ठुटे खोलामा ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा एक सय दुई मिटर लम्बाइको पुल निर्माण गरिएको छ ।तर पुल निर्माण भएको २ वर्ष बितिसक्दा पनि भारतीयको अवरोधका कारण नेपालीले प्रयोग गर्न नपाएका हुन् ।

नविनिर्मित पुलको पूर्वतर्फको एप्रोच सडक ( पुलसँग हुलाकी सडक जोड्ने बाटो)  भारतीय पक्षको अवरोधका कारण बन्न नसक्दा ठुटे खोलाको नवनिर्मित पुल बनेको २ वर्षसम्ममा पनि प्रयोगमा आउन नसकेको हो । 


 
सीमावर्ती भारतीय गाँउ धमौरा र सुभद्राका स्थानीयाले ठुटे खोलाको कुलो पुरेर एप्रोच सडक बनाउन नदिने भन्दै विवाद खडा गरेका कारण ठेकेदार कम्पनीले एप्रोच सडकको काम गर्न पाएको छैन । भारतीय गाँउ धमौरा र सुभद्रका स्थानीयले नेपाली भूमीमा बग्ने ठूटे खोलाको मुहान प्रयोग गरी वर्षौदेखि दुईवटा कुलो सिँचाइको लागि प्रयोग गर्दै आइरहेका छन् । कुलो पुरेर एप्रोच सडक बनाउँदा सिँचाइ गर्न नपाउने भन्दै भारतीले कुलो पुर्न नदिएका हुन् । 
 
तर ठोरीका स्थानीयले भने पुलको एप्रोच सडक निर्माणका लागि वर्षौदेखि आफूहरुले प्रयोग गर्दै आइरहेको कुलो पनि पुर्न दिन सहमती दिइसकेका छन्  । नवनिर्मित पुलको आडमै दुई वटा  कुलो सञ्चालन गर्न दिँदा पूल जोखिममा पर्ने भन्दै कुलो पुरेर नै एप्रोच सडक बनाउनुपर्ने ठोरीका स्थानीयको अडान छ । भारतीय पक्षले भने साविक स्थानबाटै ह्यूमपाइप राखेर कुलोको पानी आफ्नो भूमीमा लैजान पाउनुपर्ने अडान राख्दै आएका छन् ।
  
ठोरीका स्थानीय रामशरण लाछिानेले भारतीयले भने अनुसार ह्यूमपाइप राखेर कुलो प्रयोग गर्न दिँदा पुलको संरचना नै जोखिममा पर्ने बताए । उनले भने,‘पुल बनेको २ वर्ष भइसक्यो तर एप्रोच सडक बन्न नसक्दा बस, ट्रक, टयाक्टर र कार पुलबाट अहिलेसम्म गुड्नै पाएका छैनन् ।'

 पुलसँग सडक नजोडिएपछि जोखिम मोलेर सवारी साधनहरु पुल मुनिको खोलैखोला चलाउन चालकहरु बाध्य रहेको उनले बताए । एक त पुलको निर्माण सुरु गर्ने बेला नै एसएसबीले सीमाको विवाद झिकेर सात वर्षसम्म पुलको काम नै सुरु गर्न दिएन', लामिछानेले भने, 'विवादपछि पहिलेको स्थानबाट ५ सय मिटर नेपालतर्फ सारेर पुल बन्यो तर फेरि भारतीय पक्षले अर्को बखेडा झिकेका कारण २ वर्ष पहिले बनिसकेको पुल प्रयोग गर्नबाट नेपाली बन्चित छन् ।' 
 
पुल बनिसक्दा पनि प्रयोगमा नआउदा वर्षामा ठूटे खोलामा बाढी आएका बेला ठोरी र सदरमुकाम वीरगन्जको सडक सम्पर्क नै विच्छेद हुने गरेको स्थानीय रमेश शर्माले बताए । ठोरी गाँउपालिकाका प्रवक्ता एंव वडा नम्बर २ का वडा अध्यक्ष रामप्रकाश कुवँरले पनि भारतीयको विवादका कारण नवनिर्मित पुल बनेको २ वर्ष बित्दा पनि सन्चालनमा आउन नसकेको बताए । 
 
समस्या सामधानका लागि भारतीय सीमावर्ती गाँउका जनप्रतिनिधिसँग छलफल गर्दा उनीहरु आफ्नो अडानबाट पछि नहटेको उनले बताए । ठोरी  गाँउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले भने दुइ देशको सीमाको विषय भएकाले स्थानीय तहले केही गर्न नसकेको बताए । 'यस विष्यामा हामीले सिडिओ , मन्त्रालय सबै निकायमा पटक-पटक ध्यानाकर्षण गराइ सकेका छौं', श्रेष्ठले भने, ‘समस्या देखिए यता पर्सामा ३-४ जना सिडिओ फेरिइसकेका छन् तर समस्या जहाँको त्यहीँ छ ।' 

भारतीयकै अवरोधले पुल निर्माण कार्य ७ वर्ष रोकिएको थियो । 

भारतीयको अवरोधका कारण , ठुटे खोलामा पुलको निर्माण कार्य नै सात वर्षसम्म रोकिएको थियो । नेपाल भारत सीमामा अवस्थित ठुटे खोलामा पुल निर्माणका लागि सर्वे गरिएको नेपाली भूमी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतीय भूमी भन्दै अवरोध गरेपछि सात वर्षसम्म त पुलको निर्माण कार्य नै सुरु हुन सकेको थिएन । 
 
पुल निर्माणका लागि सडक विभागले २०६७ साल जेठ ४ गते नै अमर एण्ड मृत सन्जिवनी निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौता गरे पनि भारतीय एसएसबीले सीमाको विवाद झिकेका कारण सात वर्षसम्म पुलको निर्माण कार्य नै रोकिएको थियो । २०७४ साल बैशाखमा नेपाल र भारतका सीमा अधिकारी बीच भएको वार्तामा सीमा विवादका बारेमा सहमती भएपछि मात्र पहिले सर्वे गरिएकै स्थानमा पुल निर्माण गरिएको थियो । उक्त पुल निर्माण कार्य २०७५ जेठमा  सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.