५० दिनदेखि वीरगन्जमा रहेका २ सय भारतीय भारत पठाइयो

५० दिनदेखि वीरगन्जमा रहेका २ सय भारतीय भारत पठाइयो

वीरगन्ज : नेपालमा लकडाउन सुरु भएदेखि घर जान नपाइ वीरगन्जमा करिब ५० दिनदेखि फसेका १ सय ९८ भारतीयलाई मङ्गलबार भारत सरकारको जिम्मा लगाएर पठाइएको छ । वीररगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा चैत दोश्रो सातादेखि राखिएका ९८ र वीरगन्ज स्थित आफन्तको घरमा बसेका १ सयजनालाई भारत पठाइएको हो । 

वीरगन्ज स्थित एकीकृत भन्सार जाँच चौकी आइसीपी नाकामा भारतीय अधिकारीहरुको जिम्मा लगाएर पठाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँरले जानकारी दिए । उनीहरुलाई लिन भारतबाट आइसीपीमा ७ वटा बस आएको थियो । त्यही बसमा चढेर भारतीय आफ्नो घर र्फिएका हुन् । 

आइसीपीमा वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत नितेशकुमारको रोहबरमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाका डिएम सर्वत अशोक कपीललाई जिम्मा लगाएर पठाइएको सशस्त्र प्रहरी उपरीक्षक कुवँरले बताए। त्यस अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की , प्रहरी उपरीक्षक गंगा पन्त पनि उपस्थित थिए।

नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि विभिन्न शहरमा रोजगारी र अन्य काम गर्ने उनीहरु घर फर्कने क्रममा वीरगन्ज नाकामा चैत दोश्रो साता आइपुगेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।


 
यस्तै लकडाउनमा नेपाल भारत नाका बन्द रहेका कारण नेपालका विभिन्न स्थानबाट घर फर्कने भनेर वीरगन्ज आइपुगेका कतिपय भारतीयहरु वीरगन्ज र आसपासको स्थानमा रहेका आफन्तको घरमा बसेका थिए । लकडाउनका कारण घर फर्कन नपाएका १ सय ९८ जना पठाइएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी दिए  । 

ठाकुररामको क्वारेन्टाइनमा ५० दिनसम्म राखिएका भारतीयको लागि खाना र खाजाको निशुल्क प्रबन्ध ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले नै गरेको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.