८ सय बढी भारतीय मजदुरहरु सिमानामै अलपत्र

८ सय बढी भारतीय मजदुरहरु सिमानामै अलपत्र

मलंगवा : सर्लाहीका विभिन्न इट्टाभट्टामा कामगर्ने करिब ८ सय भारतीय मजदुर नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् ।

भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि उनीहरु सीमा क्षेत्रमा बिहानदेखि अलपत्र परेका हुन् । काम गर्ने उद्योगहरुमा काम बन्द भएपछि उनीहरु घर जानका लागि बिहानै मलंगवास्थित नेपाल भारत सीमा नजिकै आइपुगेका हुन् ।

बिहान हवाहुरीसँगै आएको पानीमा भिजेका उनीहरु सीमा क्षेत्र नजिकै बसेका छन् । उद्योगमा काम पनि बन्द भएको र काम गरे वापत पाएको पैसा पनि सकिएकाले आफुहरु घर जान बाध्य भएको उनीहरु बताउँछन् ।

सीमा क्षेत्रमा आएकामध्ये भारतका बिहार, पश्चिम बंगाल र उत्तर प्रदेशका रहेका छन् । कोरोनाको संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेपछि दुई महिनादेखि उद्योगहरु बन्द भएको भारतको उत्तरप्रदेशका मजदुर असलम खानले जानकारी दिएका छन् ।

‘उद्योग बन्द भएपछि कामधन्दा पनि बन्द छ । कमाएको पैसा पनि २ महिनामा खाएर सकियो ।  अब के खाने ? कसरी बस्ने भन्ने चिन्ताले सताउन थालेपछि बाध्य छौँ,’ खानले भने । ठूलो संख्यामा महिला र बालबालिका पनि छन् । उत्तरप्रदेश सीतापुर जिल्लाकी लक्ष्मी देवीले ३ वर्षको छोरा लिएर काम गर्नका लागि हरिवन नगरपालिकाका इट्टा भट्टामा काम गर्न आएको बताएकी छन् ।

तर, काम बन्द भएपछि आफुहरुको दैनिकी कष्टकर बनेको उनको गुनासो छ । ‘कमाएको पैसा पनि सकियो । काम नगरेपछि मालिकले पैसा दिने कुरा हुँदैन । एउटै उद्योगमा ३÷४ सय मजदुर छन् । सबैलाई सधैं मालिकले नै कसरी खुवाउन सक्छ ?’ कमाएको पैसा र मालिकले पनि खुवाउन छोडेपछि ३ वर्षीय छोरा र श्रीमान सहित घर जान मलंगवा स्थित सीमा नजिकै पुगेकी लक्ष्मीले भनिन् ।

मलंगवास्थित सीमा क्षेत्रबाट भारतीय सुरक्षाकर्मीले जान नदिएपछि उनीहरुलाई पर्साको वीरगंज हुँदै भारत पठाउने तयारी भइरहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति तथा इट्टा उद्योग व्यवसायी संघ सर्लाहीका अध्यक्ष मेथुर चौधरीले जानकारी दिए ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास मार्फत उनीहरुलाई भारत पठाउने तयारी भएको बताइएको छ । हरेक दिन २ सयका दरले उनीहरुलाई भारत पठाउने गरिएको पनि बताइएको छ । सर्लाहीमा ९० वटा इट्टा भट्टा छन् । जसमा करिब ८ सयदेखि १० हजारसम्म भारतीय मजदुर छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.