सीमामा अलपत्र परेका भारतीयलाई नेपाली युवाको खाना सहयोग

सीमामा अलपत्र परेका भारतीयलाई नेपाली युवाको खाना सहयोग

मलंगवा :  सर्लाहीको मलंगवास्थित नेपाल -भारत सीमा नजिक फसेका इँट्टा भाटामा काम गर्ने भारतीय मजदुरलाई नेपालीले नि:शुल्क खाना र खाजाको व्यवस्था गरेका छन् । मंगलबार बिहानैदेखि घर जानका लागि मलंगवा आएका करिब ८ सय भारतीय मजदुरलाई युवाहरुले खाना र खाजा खुवाउन थालेका छन् । 

बालबालिका सहित सीमा क्षेत्रमा भोक भोकै बसेका मजदुरहरुको दैनिक जीवन कष्टकर बन्न थालेपछि खाना खाजा खुवाउन थालेको युवाहरुले बताए । मलंगवा २ का मनोज यादव, तपेश्वर यादव, मोहन कुर्मी र इन्द्रजित साहले व्यापारीसँग सहयोग मागेर खाना र खाजा खुवाउन थालेका हुन् । 

मंलगबार बिहान सबैजनालाई खाना खुवाएको मनोज यादवले बताए । बेलुका खानाका लागि रकम अपुग हुँदा च्युरा र तरकारी खुवाएको उनको भनाइ छ । आज (बुधबार) बिहान फेरि च्युरा तरकारी सबैजनालाई नास्ताको रुपमा खुवाएको बताएका छन् । स–सना बालबालिका भोकै छटपटाइरहेको देखेपछि केही व्यापारीसँग सहयोग मागेर उनीहरुलाई खाना र खाजा खुवाउन थालेको हो । आलु व्यापारीहरुसँग आलु, किराना व्यापारीहरुसँग च्युरा मशलाहरु सहयोग मागेर खाना र खाजाको व्यवस्था गरेको उनले बताए । 

कोरोना महामारीभन्दा पनि भोकले नै मर्ने अवस्था आउन नदिनका लागि आफूहरु अगाडि आएको इन्द्रजित साहले बताएका छन् । मानवताको नाताले सहयोग गरेको उनले बताए । इँट्टा भट्टा मालिकले सीमा क्षेत्रमा अलपत्र छाडेपछि उनीहरुको दैनिकी झन कष्टकर बनेको साहको भनाइ छ । 

भोकै बसेको देख्दा दाया लागेर मलंगवा २ का राजेश सिंह पनि च्युरा, दालमोठ, नुन र खुर्सानी बोकेर सीमा क्षेत्रमा आएका छन् । ४ जनाको सहयोगमा केही राहत लिएर आफू पनि उनीहरुको भोक टार्नका लागि आएको उनले बताए । ४ बोरा च्युरा, ५ किलो दालमोठ नुन र खुर्सानी उनले  ल्याएका छन् ।  छिमेकीहरु नरेश झा, बिमलेश झा र जितेन्द्र पण्डितको सहयोगमा समान लिएर आएको उनले बताए ।

मालिकले अलपत्र छाडेपछि आफूहरुको जीवन कष्टकर भएको भारतको उत्तर प्रदेश रायबरेलीका अमिक कुमार बताउँछन् । खुला आकाशमुनि चौरीमा  दुईदिनदेखि भोकै बस्दै आएको उनले बताए। मलंगवाका युवाहरु खाना र खाजा लिएर नआएको भए बालबालिका पनि भोक भोकै बस्नु पर्ने उनले बताए ।  खाना र खाजा सहयोग गरेर ठूलो गुण लगाएको अमित कुमारले बताएका छन् । ‘यस्ता मनकारी युवाहरुलाई सलाम गर्न चाहन्छु’, अमितले भने, ‘दुई देशका नातालाई छोडेर उहाँहरुले मानवताको नाताले ठूलो उपकार गरेका छन् ।’

सर्लाहीमा रहेको ९० ओटा इँट्टा भट्टामा करिब ८ देखि १० हजारसम्म भारतीय मजदुरहरु काम गर्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.