नक्कली स्वास्थ्यकर्मी पक्राउ
डडेल्धुरा : स्वास्थ्यकर्मीको परिचयपत्र बोकेर हिँड्ने दुई युवा पक्राउ परेका छन् ।धनगढीबाट अछाम जान लागेका दुई युवालाई डडेल्धुराको स्याउले बजारमा पक्राउ गरिएको हो।
लकडाउनको समयमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले अछाम चौरपाटी १ का चन्द्रबहादुर साउद र अछाम सिउडी बस्ने जितबहादुर साउदलाई पक्राउ गरेको डडेल्धुरा प्रहरिले जनायो ।
उनीहरुले अर्कै स्वास्थ्यकर्मीको कार्ड बोकेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । पक्राउ परेका दुवैलाई संक्रमण एेनअनुसार कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बुझाएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस !