भारतबाट नेपाली फर्कन थालेपछि क्वारेन्टाइन क्षमता बढाइयो

भारतबाट नेपाली फर्कन थालेपछि क्वारेन्टाइन क्षमता बढाइयो

वीरगन्ज : भारतमा लकडाउन खुकुलो भएसँगै नेपाल फर्किनेको संख्या बढ्न थालेपछि पर्सामा स्थापना गरिएका क्वारेन्टाइनको क्षमता बढाइएको छ । पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा गरी कुल २५ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ । ती २५ वटा क्वारेन्टाइनमा १ हप्ता पहिलेसम्म ४ सयलाई मात्र राख्न सक्ने व्यवस्था गरिएको थियो । 

तर भारतबाट नेपाल फर्कनेको संख्या बढ्न थालेपछि पर्सामा रहेका क्वारेन्टाइनमा पूर्वाधार र अन्य आवश्यक बन्दोबस्ती गरेर अहिले १ हजार जना राख्न सक्ने बनाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीतकुमार बस्नेतले बताए । भारतमा लकडाउन खुकुलो गरेर रेल र बस सेवा सुचारु गरिएसँगै रोजगारी वा अन्य कामका शीलशीलामा रहेका नेपाली फर्कने क्रम बढेकोले त्यसलाई मध्य नजर गरेर क्वारेन्टाइनको क्षमता बढाइएको उनले बताए । 
३ दिन पहिलेसम्म क्वारेन्टाइनमा २४७ जना मात्र रहेकोमा बुधबारसम्म त्यो संख्या बढेर ४ सय पुगेको उनले बताए ।  

पर्साका क्वारेन्टाइनमा अहिले ३१ महिला र ३ सय ६९ पुरुष रहेको जानकारी दिंदै उनले भने, ‘४ सयमध्ये अधिकांश भारतबाट आएका नै हुन् । पर्साका १४ वटै स्थानीय तह भारतसँग सीमा जोडिएका छन् । पर्साको १०७ किलोमिटर सीमा भारतको बिहारसँग जोडिएको छ ।'

 नेपालबाट भारत प्रवेश गर्ने आधिकारिक नाका पर्सामा वीरगन्ज, भिस्वा, प्रसौनीभाठा, भिस्वा, जानकीटोला र ठोरी गरी ६ वटा छन् । यी ६ नाका बाहेक खुल्ला सीमाका कारण खेत , नहर र जंगलको बाटो हुँदै पनि नेपाल भारत आउजाउ हुने गरेको छ । भारतबाट पर्साको नाका हुँदै नेपाल प्रवेश गर्ने मध्ये पर्साका बासिन्दालाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राख्ने गरिएको छ । 

अरु जिल्लाका नेपालीलाई भने सम्बन्धित जिल्लाको स्थानीय प्रशासनसँग समन्वय गरेर उनीहरुकै जिल्लामा पठाइने गरिएको र लिएर जान नमान्नेलाई भने पर्साकै क्वारेन्टाइनमा राख्ने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । 

पर्सामा रहेका क्वारेन्टाइन भने सरकारले तोकेको मापदण्ड अनुसारको भने नभएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले स्वीकारे । 
'जिल्लाका २५ वटै क्वारेन्टाइन विद्यालय र क्याम्पसमा स्थापना गरिएका छन् । अधिकांश क्वारेन्टाइनमा सकारले तोकेको मापदण्ड पुगेको छैन , केही समस्या छ', उनले भने,‘पालिकाहरुले साधन श्रोतले भ्याएसम्म गरेका छन् ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.