भारतबाट आएका थिए सर्लाहीका कोरोना संक्रमितहरु

भारतबाट आएका थिए सर्लाहीका कोरोना संक्रमितहरु

मलंगवा : सर्लाहीको पश्चिमी क्षेत्र गोडैता नगरपालिका र रामनगर बुहअर्वा गाउँपालिकामा फेला परेका कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु भारतका विभन्न स्थानबाट आएको पुष्टी भएको छ। गोडैता नगरपालिकामा १४ जना र रामनगर बहुअर्वामा १ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयद्वरा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

गोडैता नगरपालिकाको वडा नं. १ का ३४ वर्षीय, ८ का ३४ वर्षीय, ९ का १८ वर्षीया युवती, ११ का २२, २४, २५, २५, २७, ३२, ३८,३८, ३९ र १२ का ३८ वर्षीयहरु रहेका छन्। त्यसैगरी रामनगर बहुअर्वा वडा नं ७ का २२ वर्षीय पुरुष रहेको गाउँपालिकाले जनाएको छ। एकजना भने काठमाडौं नै बसेको र टेकुमा नै स्वाब परिक्षण गराएको हुनाले उनको पहिचान हुन नसकेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन्।

संक्रमित सबैजना विभिन्न मितिमा भारतको मुम्बई, दिल्लीबाट आएको गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले जनाएको छ। विभिन्न बाटो भएर गोडैतामा आएपनि उनीहरुलाई सिधै नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको थियो। नगरपालिकाले बनाएको ६ वटा क्वारेन्टाइनमा अहिले १ सय ८० जना भारतबाट आएर बसिरहेको मेयर यादवले जानकारी दिएका छन्।

रामनगरमा भेटिएका संक्रमित पनि भारतको मुम्बईबाट ८ दिन अगाडी आएको गाउँपालिका अध्यक्ष कृष्ण कुमार बर्माले जानकारी दिएका छन्। 
संक्रमित व्यक्तिहरुलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। केही दिन अगाडी भारतबाट आएका उनीहरुको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो। भारतबाट सिधै उनीहरु क्वारेन्टाइनमा आएकाले अरु स्थानमा खोजिम  नभएको प्रजिअ जिसीले बताएका छन्। ‘गाउँघरमा गएको भए निकै खतरा हुन्थ्यो’ प्रजिअ जिसीले भने, ‘क्वारेन्टाइनमा नै आएर बसेकाले गाउँहरुलाई सिल गर्नु परेन्।’

जिल्लामा १५ जना शुक्रवार थप भएपछि कोरोना संक्रमितको संख्या २० पुगेको छ। यसभन्दा अगाडी धनकौल गाउँपालिका, हरिपूर्वा नगरपालिका, रामनगर गाउँपालिका, हरिवन नगरपालिका र बागमति नगरपालिकामा १/१ जना संक्रमित फेला परेको थियो। जिल्लामा ठूलो संख्यामा संक्रमित फेला परेपछि त्रासको वातावरण सृजना भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.