सर्लाहीमा १३ कोरोना संक्रमित थपिए

सर्लाहीमा १३ कोरोना संक्रमित थपिए

मलंगवा : सर्लाही गोडैता नगरपालिकामा १२ र कविलासी नगरपालिकामा १ गरेर शनिबार १३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएको छ। १३ जना थप भएसँगै जिल्लामा संक्रमितको संख्या ३३ पुगेको छ।

गोडैता नगरपालिकाको वडा नं. १ का २८ वर्षीय, २ का २० वर्षीय, ३ का २२ वर्षीय, ५ का ३५ वर्षीय, ८ का २०, २१ वर्षीय, ११ का १८, २०, २६, २६, र ३३ वर्षीय र १२ का २३ वर्षीयहरु रहेका छन्। सबैजना भारतको विभिन्न शहरबाट आएको नगरपालिकाले जनाएको छ। संक्रमितहरु अहिले स्थानीय तहले बनाएको क्वारेन्टाइनमा नै बस्दै आएको मेयर देवेन्द्र यादवले जानकारी दिएका छन्।

गोडैता नगरपालिकामा मात्र २६ जना फेला परेको छ। १३ जनाको पहिचान भएपनि एक जनाको पहिचान हुन सकेको छैन्। पहिचान नभएका व्यक्ति काठमाडौं बसेर स्वाब परिक्षण गराएको हुन सक्ने अनुमान गरिएको छ। त्यसैगरी कविलासी नगरपालिका-१ का ३५ वर्षीयमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। उनी पनि भारतको दिल्लीबाट आएको बुझिएको छ। दिल्लीबाट आउनेक्रममा भारतको बिहार राज्यको मुज्जफरपुरमा सबारी दुर्घटनामा परेको र उपचारको लागि काठमाण्डौ गएको बेला स्वाब परिक्षण गराएको जनाइएको छ। अहिले उनी काठमाण्डौमै रहेको छ।

शुक्रवार मात्रै गौडैता नगरपालिकामा १४ र रामनगरमा १ एकजना संक्रमित फेला परेको थियो। उनीहरुलाई शुक्रबार नै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। यस अगाडी सर्लाहीको धनकौल गाउँपालिका, हरिपूर्वा नगरपालिका, रामनगर गाउँपालिका, हरिवन नगरपालिका र बागमति नगरपालिकामा १/१ जना संक्रमितहरु फेला परेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.