सातामा २ दिन ४ घण्टाका लागि मात्र खाद्यान्न पसल खोलिने

सातामा २ दिन ४ घण्टाका लागि मात्र खाद्यान्न पसल खोलिने

मलंगवा : जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन लागि अझ प्रभावकारी बनाउन जिल्ला समन्वय समिति, स्थानीय तह र सुरक्षा प्रमुखहरु मिलेर थप कडाइका साथ अगाडी बढ्ने निर्णय गरेको छ। जिल्ला समवन्य समितिका सभापति मेथुर चौधरीको संयोजकत्वमा बसेको बैठकले ६ बुदें निर्णय गरेका छन्। बैठकले हप्तामा दुई दिन मात्र खाद्यान्न पसल, बितिय संस्था, बजार खोल्ने निर्णय गरेका छन्। आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बजार तथा बितिय संस्था खोल्ने निर्णय गरेको जिल्ला समन्वय समिति सभापति मेथुर चौधरीले जानकारी दिएका छन्।

निर्णयमा जिल्लाभरका खाद्यान्न बिक्री बितरण गर्ने पसल र बैंकहरु तथा बित्तिय संस्थाहरु अर्को निर्णय नभएसम्म आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र खोल्ने उल्लेख छ। औषधी पसल, ग्यास डिपो, पेट्रोल पम्प र दुध बिक्रेता पसलहरुको  हकमा यो निर्णय लागू नहुने उल्लेख गरिएको छ। जिल्लाका कुनै पनि स्थानमा हाट बजार नलगाउने तथा तरकारी बिक्री बितरण सम्बन्धित बिक्रेताले ठेलामा लगेर वा अन्य प्रकारले घरघरमा लगेर बेच्ने बताइएको छ। स्थानीय तहमा स्वाब संकलन गरी परीक्षण गर्ने गराउने व्यवस्थाको लागि आवश्यक जनशक्ति तथा भिटिएमको उचित व्यवस्थापन सम्बन्धित स्थानीय तहले मिलाउने समेत निर्णय गरिएको छ।

स्वाब परीक्षण गर्न सबै स्थानीय तहले कम्तीमा ३ जना स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गरि क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको यथासिघ्र पीसीआर र आरडिटी टेस्ट गराउने, क्वारेन्टाइनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सबै स्थानीय तहहरुले आवश्यक स्वयंसेवक खटाउने व्यवस्था मिलाई सुरक्षा निकायहरुलाई सहयोग गर्ने, सबै स्थानिय तहहरुमा आइसोलेसन वार्डको लागि यथासम्भव स्थान पहिचान गरि आवश्यक तयारी अगाडी बढाउने र सबै स्थानिय तहबाट सञ्चालित क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउँदै बेडको क्षमता बढाउँदै लैजाने निर्णय गरिएको सभापति चौधरीले बताए।

जिल्लामा विभिन्न बजारहरुमा भिडभाड बढी हुने र संक्रमितको संख्या पनि बढ्दै गएपछि थप सुरक्षा सतर्कता बढाउनका लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.