भारतबाट ४२ हजार नेपाली फर्किने आंकलन, तर परीक्षण किट नै सकियो

भारतबाट ४२ हजार नेपाली फर्किने आंकलन, तर परीक्षण किट नै सकियो

दैलेख : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुक ६४ दिन देखि लकडाउनमा छ ।

सीमा नाका बन्द भए पनि मजदुरीका लागि भारत गएका नागरिकहरु आउने क्रम ह्वात्तै बढेको छ । पछिल्लो एक सातामा पाँच हजार बढी नागरिकहरु दैलेख भित्रिएका छन् । यो संख्या लकडाउनपछि नाकाबाट भित्त्र्याइएको सबै भन्दा बढी हो ।

भारतको विभिन्न क्षेत्रबाट जमुनाहा नाका हुँदै आउने क्रम रोकिएको छैन । जिल्ला प्रशासन कार्यालय दैलेखले झण्डै ४२ हजार नागरिकहरु भारतबाट दैलेख आउने प्रक्षेपण गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार दैनिक २ हजारको हाराहारीमा नागरिकहरु भित्रिरहेका छन् । स्थानीय तहहरुले स्थानीय रुपमा उपलब्ध सिमित विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिरहेका छन् । बढ्दो नागरिको चापका कारण क्वारेन्टाइन व्यवस्थापन गर्न कठिनाइ झेलिरहेका स्थानीय सरकारका लागि यो नयाँ चुनौती हो ।

दैलेखका चार स्थानीय तहमा कोरोना भाइरस संक्रमण फैलिएको छ । एक महिला सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । आठै जना भारतबाट आएका हुन् । संक्रमितमध्ये एक जना सुर्खेत स्थित कोरोना विशेष अस्पताल र अन्य सात जनालाई दैलेख सदरमुकाम स्थित सरस्वती माविमा निर्माण गरिएको आइसोलेसनमा राखिएको छ । जिल्लाभर ४० बेडको आइसोलेसन निर्माण गरिएको छ । झण्डै दुई हजार एक सय जना मात्रै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नाकामा ठूलो सास्ती खेपेर जन्मथलो आएकाहरु क्वारेन्टाइनमा पनि उस्तै दुःख पाएको बताएका छन् । क्वारेन्टाइनको व्यवस्थापन भद्रगोल हुँदा एउटै कोठामा ३० जनासम्म कोच्चिएर बसिरहेका छन् । क्वारेन्टाइनमा खानेपानी, शौचालय, आड्ने ओछ्याउने देखि खानपिनको पनि समस्या छ ।

विद्यालयको डेक्स बेन्च जोडेर सुत्नु पर्ने बाध्यता रहेको क्वारेन्टाइनमा बसेकाहरु बताउँछन् । जहाँको अस्तव्यस्तताले संक्रमण रोक्ने होइन, स्वस्थ्य मान्छेलाई पनि संक्रमित बनाउने खतरा बढाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले भारतबाट फर्किएकाहरुलाई सिधै क्वारेन्टाइनमा पठाउने गरिएको बताउँछन् । उनले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई स्ंयम अनुशासित भएर स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

किट नै सकियो

भारतबाट फर्किनेको सँख्या बढे पनि आरडीटी किट र पीसीआर परीक्षणका लाग भीटीएम अभाव हुँदा परीक्षणमा समस्या देखिएको छ । दैनिकजसो एक हजार नागरिकहरु दैलेख भित्रिएपछि परीक्षण किट अभाव भएको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार ३० वटा आरडीटी र एक सय ६० वटा भीटीएम किट मात्र मौज्दात छ । यी किट शंकास्पद्को परीक्षणका लागि राखिएको उनले बताए ।

‘किट अभाव हुँदा भारतबाट फर्किनेहरुको कसरी परीक्षण कसरी गर्ने भन्ने अन्यौलता सृजना भएको छ । दैलेखमा १०÷१० हजार आरडीटी किट र भिटिएम आवश्यक देखिएको छ,’ रेग्मीले भने । साथै थप किटका लागि प्रदेश र संङ्घीय सरकारसँग माग गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.