आर्थिक सर्वेक्षण भन्छ, फागुनमै पर्यटन क्षेत्रमा शिथिलता

आर्थिक सर्वेक्षण भन्छ, फागुनमै पर्यटन क्षेत्रमा शिथिलता

काठमाडौं : आर्थिक वर्ष २०७६/०७७ फागुन महिनासम्ममा कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको आय १.५ प्रतिशत रहेको सरकारी तथ्यांकमा उल्लेख रहेको छ । सरकारले २०७६/०७७ को समष्टिगत आर्थिक विवरणसहितको आर्थिक सर्वेक्षण मंगलबार सार्वजनिक गर्दै समीक्षा अवधिमा पर्यटन आय १.५ प्रतिशत रहेको उल्लेख गरेको छ । 

अघिल्लो आर्थिक वर्षको समीक्षा अवधीमा २.२ प्रतिशत पर्यटन आय रहेको थियो । पछिल्लो १० वर्षमा कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान साढे २ प्रतिशतभन्दा बढी नभएको देखाएको छ । विश्व पर्यटन संगठन (यूएनडब्लूटिओ) को पछिल्लो तथ्यांकले नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन आय  ६ देखि ७  प्रतिशत रहेको बताएको थियो भने अघिल्ला सरकारी तथ्यांकहरुले पर्यटन क्षेत्रको योगदान करिब ३ प्रतिशत रहेको उल्लेख गरेको छ । पर्यटन क्षेत्रमा आवद्ध निजी क्षेत्रले भने करिब १० प्रतिशत पर्यटन क्षेत्रको योगदान रहेको तर्क राख्दै आएको छ ।

यता, पर्यटन आवागमनको संख्यामा २.१ प्रतिशतको वार्षिक वृद्धिदरसहित २०७६ पौष महिनासम्म ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भित्रिएको सरकारी तथ्यांक रहेको छ । सर्भेक्षणमा पर्यटन विभागलाई उद्धृत गर्दै उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

जसमा हवाई मार्गबाट ९ लाख ९५ हजार ८८४ पर्यटक र स्थलमार्गबाट २ लाख १ हजार ३०७ पर्यटक नेपाल आएको उल्लेख छ । अघिल्लो वर्षको समीक्षा अवधिमा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भित्रिएका थिए । यो तथ्यांकमा स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकलाई समावेश नगरिएको बताइन्छ । पर्यटकको नेपालमा सरदर बसाइ अहिले १३ दिनको रहेकोमा अघिल्लो वर्ष साढे १२ दिन(१२.४) रहेको छ।

सर्वेक्षणम उल्लेख भएअनुसार नेपालमा आउने पर्यटकमध्ये ६५ प्रतिशत मनोरन्जका लागि, १७ प्रतिशत पदयात्रा र पर्वतारोहणका लागि, तीर्थयात्राका लागि १४ प्रतिशत र अन्य प्रयोजनका लागि ४ प्रतिशत रहेको छ ।

अर्को पर्यटन क्षेत्रबाट आर्थिक वर्ष २०७६/०७७को फागुन महिनासम्म ५४ करोड १० लाख रुपैयाँ विदेशी मुद्रा आर्जन भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको फागुन महिनासम्म ७५ करोड ३७ लाख रुपैयाँ पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन भएको छ । यसलाई कुल विदेशी मुद्रा आर्जनको अनुपातलाई प्रतिशतमा ढाल्दा २०७६/०७७ को समीक्षा अवधिमा पर्यटन क्षेत्रबाट आर्जित विदेशी मुद्राको हिस्सा ५.८ प्रतिशत रहेको छ ।

पर्यटन क्षेत्रमा विशेष योगदान दिने पर्वतारोहणबाट सन्२०१९ मा करिब ६८ करोड ६० लाख रुपैयाँ रोयल्टी प्राप्त भएकोमा २०१८क् मा ५८ करोड १४ लाख रुपैयाँ सरकारलाई रोयल्टी बुझाएको पर्यटन विभागको तथ्यांक रहेको छ ।

२०७६ पौष मसान्तसम्म नेपालमा तारेस्तरका होटल १३८ रहेका छन् भने १३२०० शैया(बेड) रहेका छन् ।यस्तै तारेबाहेकका ११५१ होटल र ३०७९९ शैया रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । पर्यटन मन्त्रालयको तथ्यांक अनुसार २०१९ सम्म होमस्टेका लागि अनुमति प्राप्त ३८९ घरमा ६६३ कोठा र १०८८ शैया रहेका छन् ।

आर्थिक सर्वेक्षणले पर्यटन क्षेत्रमा कोरोना भाइरसले पारेको असरबारे भने उल्लेख गरेको छैन । फागुन महिनासम्म पर्यटन क्षेत्रमा चहलपहल भइरहेको भए पनि चैत्रको दोस्रो साताबाट कोरोना रोकथामका लागि सरकारले लगाएको लकडाउन, आन्तरिक र बाह्य उडान बन्द तथा सिमा नाका बन्दको स्थिति हालसम्म जारी रहँदा अहिले पर्यटन क्षेत्र ठप्प रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.