फिल्म उद्योगमा अश्लील भिडियो आतंक

फिल्म उद्योगमा अश्लील भिडियो आतंक

काठमाडौं : केही नेपाली नायिकाहरूको नक्कली अश्लील भिडियो सार्वजनिक भएपछि फिल्म उद्योग नै आतंकित बनेको छ। चर्चित अनुहारलाई विदेशी पोर्न भिडियोको शरीरसँग जोडेर सार्वजनिक गरिएका यस्ता भिडियोका कारण नेपाली कलाकारहरू तनावमा छन्। यो कार्य गर्नेलाई तत्काल कारबाही गर्न माग गर्दै मंगलबार नेपाल चलचित्र कलाकार संघले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिइएको छ। पीडित एक नायिकाले सोमबार नै महाशाखामा उजरी दिएकी थिइन्।

भारतले नेपालको सीमा मिचेको विषयमा नायिका मनीषा कोइराला र वर्षा राउतले दिएको अभिव्यक्ति चर्चामा रहेकै बेला नेपाली नायिकालाई बदनाम गराउने उद्देश्यले यस्तो भिडियो सार्वजनिक भएको हुन सक्ने कलाकारहरूको ठम्याइँ छ।

‘इनिडयन स्पाइडर स्क्वाड’ को नाममा आएको सूचनामा लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको भएको बताउँदै अश्लील भिडियोमा नेपाली नायिकाको अनुहारमा भिडियो बनाएर सार्वजनिक गरिएको हो। भिडियोमा नायिकाको मोबाइल ह्याक गरी सार्वजनिक गरेको सूचना पनि दिइएको छ। नेपाल र भारतबीचको सीमा विवादका कारण दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी चलिरहेको बेला दुई नेपाली नायिकाको नक्कली पोर्न भिडियो सार्वजनिक भएको हो।

संघका अध्यक्ष रवीन्द्र खड्काले दर्ता गरेको उजुरीमा उल्लेख छ, ‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारको नक्कली अश्लील भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ। कलाकारका बारेमा भ्रम सिर्जना गरी चरित्र हत्या गर्ने दुष्प्रयास भएकाले यथाशीघ्र यसको छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्छांै।’

उजुरी दर्ता भएपछि महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले आजैबाट कारबाही प्रक्रिया अगाडि बढाउने बताए। थापाले भने, ‘भिडियो अपलोड भएका साइट बन्द गर्ने प्रक्रियामा जान्छौं। कसले किन र कहाँबाट यस्तो काम गरिरहेको छ, यथाशीघ्र पत्ता लगाउने कोसिसमा छौं। यसका लागि साइबरविज्ञको सहयोग पनि लिनेछौं।’

दुई देशको सम्बन्धमा अहिले अलिकति चिसोपन आएको छ यसलाई अझ उग्र बनाउन खोजिएको छ, यो निकै डरलाग्दो छ।

कारबाहीका लागि नेतृत्व गरेको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष खड्काले जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आफूहरूले पहल गर्ने बताए। ‘सीमा विवादको नाममा नेपाली चेलीको चरित्रहत्या स्वीकार्य छैन। कुनै पनि हालतमा कारबाही हुनुपर्छ। प्रहरीले छिटोभन्दा छिटो दोषी पहिचान गरी कारबाही गर्ने विश्वास लिएका छौं’, अध्यक्ष खड्काले भने।

एक पोर्न साइटमा दुई नायिकाको फेक पोर्न भिडियो सार्वजनिक भएपछि कला क्षेत्रमा आतंक मच्चिएको छ। यी फेक भिडियो सार्वजनिक भएसँगै एक दर्जन अन्य नायिकाको पोर्न भिडियो सार्वजनिक हुने हल्ला फैलिएपछि कला क्षेत्रमा आतंक मच्चिएको हो। भिडियोमा अर्कैको शरीरमा नायिकाको टाउको जोडिएको स्पष्टै देखिन्छ।

यसअघि नेपाल चलचित्र कलाकार संघले एक विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा संघको ध्यान आकृष्ट भएको जनाएको थियो। संघका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा यो असामाजिक एवं निन्दनीय आपराधिक कार्यको घोर निन्दा गर्दै यस्ता कार्य गर्नेलाई सामाजिक बहिष्कार गर्न अनुरोध गरिएको छ। ‘यस्तो आपराधिक कार्यविरुद्ध एक्लाएक्लै नभई संगठित र संस्थागत रूपमा लडनु पर्छ’, विज्ञप्तिमा उल्लेख छ।

अश्लील भिडियो आतंकबारे चलचित्र संघका पूर्वअध्यक्ष तथा निर्माता प्रदीप उदय भन्छन्, ‘जुन अवस्थामा यो भिडियो लिक गरिएको छ, यसको मनसाय खराब नै छ भन्ने बुझिन्छ। एकातिर नेपाली चलचित्र उद्योका नारी कलाकारलाई बदनाम गराउन खोजिएको छ भने अर्कातिर दुई देशको सम्बन्धमा अहिले अलिकति चिसोपन आएको छ यसलाई अझ उग्र बनाउन खोजिएको छ, यो निकै डरलाग्दो छ। यो चलचित्र उद्योगको कुरा मात्रै होइन समग्र देशकै कुरा हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.