हेटौंडामा एक महिलामा कोरोना भाइरस पुष्टि

हेटौंडामा एक महिलामा कोरोना भाइरस पुष्टि

हेटौंडा : मकवानपुरको हेटौडा उपमहानगरपालिका १ चौकी टोलकी एकजना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  हेटौडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हेटौंडास्थित आइसोलेसन वार्डका प्रमुख भोला चौँलागाईले बताए ।

कोरोना संक्रमित महिला जेठ ९ गते चितवनबाट हेटौडा आएकी थिइन् । उनी आफ्नो श्रीमानसँग चितवनमा बस्दै आएकी थिइन् । ती महिला स्वाब परीक्षणका लागि दिएर घर गएकी थिइन् । उनका श्रीमानको पनि स्वाब संकलन गर्न पठाइएको र चौकीटोलवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेले बताए । 

यसअघि हेटौंडा ४ बस्ने एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको काठमाडौंमा उपचार भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.